नोबेल अस्पतालमा लापरवाही गर्ने डाक्टरमाथि कारवाहीकाे माग गर्दै विरोध प्रदर्शन

२२ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
29 Shares


विराटनगर – विराटनगरस्थित नोबेल अस्पतालमा सुत्केरी महिलाको ज्यान गएपछि आफन्तहरुले विरोध प्रदर्शन गरेका छन् ।गत शुक्रबार प्रसुतिका लागि नोबेल अस्पतालमा भर्ना भएकी मोरङको लेटाङ नगरपालिका वडा नं. ६ की जानुका श्रेष्ठको उपचारकै क्रममा शनिबार ज्यान गएपछि आफन्तले आइतबार नोबेल अस्पतालमा आन्दोलन गरेका हुन् ।शुक्रबार दिउँसो अस्पताल भर्ना भएकी जानुकाको साँझ १० बजे अप्रेसनबाट छोरा जन्मियो ।उनलाई अप्रेसनपछि अत्याधिक पीडा र रक्तश्राव भएको र डाक्टरलाई जानकारी गराउँदा समेत वेवास्ता गरेका कारण बिरामीको ज्यान गएको

आफन्तहरुले गुनासो गरेका छन् ।अप्रेसनमा लापरवाही गरेकोले जानुकाको ज्यान गएको भन्दै आफन्तहरुले अप्रेसन गर्ने डाक्टरलाई कारबाही गर्नु पर्ने भन्दै नोबेल अस्पताल घेराउ गरेका छन् । घेराउ गर्ने क्रममा प्रहरीले लाठीचार्ज गर्दा जानुकाका केही आफन्तहरु घाइते भएका छन् ।नाबेल अस्पतालमा मृत्यु हुनेमा यो पहिलो घटना भने होइन । यस वर्ष मात्रै ३ वटा घटनामा आफन्तहरुले लापरवाही गर्ने डाक्टरलाई कारवाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए ।news24

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?