जन्मोत्सवको अवसरमा श्रम बिधालयका बिद्यार्थीलाई शैक्षिक समाग्री बितरण

२२ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
130 Shares


मुक्ती तिवारी / बर्दघाट – आफ्नो जन्मोत्सवको अवसर पारेर आईतवार एक बिद्यार्थीले श्रम बिधालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेकी छन। न्युलाईफ मा.बि बर्दघाटमा कानुन संकाय पहिलो बर्षमा अध्ययनरत बिद्यार्थी बिसाखा तिवारीले जन्मोत्सवको अवसरमा प्रतापपुर गाउपापालिका १ भिठ्ठामा रहेको श्रम बिधालयमा अध्ययनरत ३० जना बिद्यार्थीहरुलाई कापी कलम लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन।आफ्नो खाजा खर्च बाट छुट्याईएको रकम र खुत्रुके बचत बाट जम्मा भएको पैसा बाट सहयोग गरेको उनले बताईन।यस बिधालयले अति बिपन्न श्रमिक मजदुरहरुका छोराछोरीहरुलाई निशुल्क रुपमा पठनपाठन गराउदै आईरहेको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष नाथुराम क्षेत्रीले जानकारी दिए।बिधालय जापान ईन्टरनेस्नल लेवर एसोसिएसन फन्ट (JILAF)र जापान टिचर युनियन (JCI)को आर्थिक सहयोग मा सन्चालन भैइरहेको

 

अध्यक्ष क्षेत्रिले जानकारी दिए।हाल बिधालयमा १२ जना छात्रा र २८ जना छात्र गरि ४० जना बिद्यार्थीहरुले अध्ययन गर्दै आईरहेका छन।प्राथमिक तह सम्म पढाई हुने सो बिधालयमा ७ देखि १४ बर्ष उमेर समुहका बालबालिकाहरु रहेको श्रम बिधालयकी शिक्षिका बिमाला चौधरी ले बताईन।बिधालयमा बिहान र बेलुका ४ बजेपछी गरि दुई सिफ्टमा पठनपाठन गराउदै आईरहेको बिधालयकी अर्कि शिक्षिका मिना चौधरीले जानकारी दिइन।प्रत्येक ३र३ बर्षको अवधिमा ५० जना बिद्यार्थी हरुलाई अध्ययन गराईने सो बिधालयमा सरकारी बिधालयकै पाठ्यक्रम अनुरुप पढाइ हुने गरेको अध्यक्ष क्षेत्रिले बताए। जन्मोत्सवमा गरिने फजुल खर्च लाई सामाजिक सेवामा लगाउन उत्प्रेरित गरिनु अत्यन्तै अनुकरणीय रहेको रहेको उनले बातए।

फेसबुकबाट तपाईको प्रतिक्रिया