फुटबलका एक जब्बर फ्यान : जो कन्सर्ट छाडेर रंगशालातीर हुइकिन्छन

२२ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
257 Shares


दिपक न्यौपाने /काठमाण्डौ यतीबेला काठमाण्डौको चिसो मौसमलाइ दक्षीण एसियाली खेलकुद प्रतीयोगीता (साग) ले तताएको छ । दक्षीण एसियाली ७ राष्ट्र सम्मीलीत महाकुम्भ उत्तराद्र्धतर्फ आइपुग्दा पनी घरेलु दर्शकको न्यानो साथले गर्दा मसिंर अन्तिमको जाडो पनी फिक्का –फिक्का देखिएको छ ।बिशेषगरी फुटबलप्रती दर्शकले देखाएको साथ तारीफयोग्य नै छ । नेपाली घरेलु फुटबलका एउटा यस्ता जब्बर चर्चित सर्मथक छन् जसले आफ्नो पेशा गायनलाइ थाती राखेरै भएपनी दिनहु रंगशालामा नेपाली टिमको सपोर्टमा उत्रन्छन , उनी अर्थात – चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनी । उमेरले ४० कटेका पंगेनी आइतबार पनी सदाजस्तै नेपाल र बंगलादेशको महत्वपुर्ण सेमिफाइनल खेल हेर्न छोरी बिहीनीसगै त्रिपुुरेश्वरको दशरथ रंगशालामा भेटीए । भुटान र नेपालको खेल हेर्नुअघि टिकट नपाएको गुनासो सामाजीक सन्जालमै पोखेका उनी आइतबार पर्वतको फलेबास महोत्सबमा तय भएको सांगीतिक कार्यक्रम स्थगत गरेर रंगशाला हान्निएका हुन ।

प्राय नेपाली दौरासुरवाल र टोपीमा सजिने उनी आइतबारको खेल हेर्न शनिबार नै धादिङको कार्यक्रम चाडै सकेर उपत्यका आइपुुगेका हुन । म नेपाली फुटबललाइ असाध्दै माया गर्छु , रगंशालामा भेटिएका पंगेनीले भने – लामो समयपछी आफ्नौ रगंशालामा नेपालको अन्र्तराष्ट्रिय खेल हेर्न पाउदा ज्यादै हर्षित भएको छु । , सानैदेखी जन्मस्थल पाल्पाको रामपुरमा झुम्राको बल खेल्ने उनी पछी काठमाण्डौ आएपछी पनी फुटबललाइ पछाइरहे । टेलीभीजनमा क्रिक्रेट हेर्न पनी उनी औधी रुचाउछन । घरेलु फुटबलमा हरि खड्का, बसन्त थापा,बसन्त गौचन, अनिल गुरुङ मनपर्ने खेलाडी हुन भने अहिले सुनिल बल पनी बद्रिको रोजाइमा पर्न थालेका छन । अन्र्तराष्ट्रिय फुटबललाइ पनी पछ्याउने उनी खेलाडीमा क्रिष्टियानो रोनाल्डो र क्लबमा आर्सनल मनपर्ने बताए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतीष्ठान नेपालका निर्वतमान अध्यक्ष रहेका उनी नेपालमा हुने अन्र्तराष्ट्रिय खेलमात्र होइन घरेलु लिगलाइ पनी पछाइरहेका हुन्छन । मैले समय मिलेसम्म फुटबल छुटाउदिन, यसैका कारण बिभिन्न ठाउमा तय भएका सांगीतीक कार्यक्रम स्थगन गरेर भएपनी फुटबलको मज्जा लुटिरहेको हुन्छु , भर्खरै किन हो र ? भन्ने दोहोरी गीत बजारमा ल्याएका पंगेनीले  सुनाउदै गए –हामी सबैले खेलकुदलाइ पनी माया र सम्मान जनाउनुपर्छ । एउटा देश चिनाउन खेलकुद महत्वपुर्ण माध्यम बन्न सक्छ । उनले उपत्यका बाहिरको मंगलबारको सांगीतीक कार्यक्रममा आफ्नो प्रस्तुती स्थगत गरेर नेपाली खेलाडीको सपोर्टका लागी रंगशाला आउने बाचा गरीरहदा छेउमा रहेकी छोरी बिहानी पंगेनी पनी उत्साहीत देखिन्थीन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया