शैक्षिक तथा धार्मिक महोत्सवमा झण्डै ६६ लाख भन्दा बढि आर्थिक सहयोग

प्रकाशित मिति:

रमेश वि.क. गुल्मी,  असोज । गुल्मीको उपल्लो तम्घास माध्यमिक विद्यालयमा सञ्चालन भएको शैक्षिक तथा धार्मिक महोत्सवमा झण्डै ६६ लाख भन्दा बढी आर्थिक सङ्कलन भएको छ ।

रेसुङ्गा नगरपालिका वडा नं. ९ उपल्लो तम्घास खालाकाचौरमा गत भदौ ३० गते देखि सुरु भएको महोत्सवमा शुक्रबारसम्म कुल रकम रु. ६६ लाख १९ हजार ९ सय २१ आर्थिक सहयोग प्राप्त भएको महोत्सवको प्रचार प्रसार संयोजक मोहन प्रसाद पाण्डेले जानकारी दिए ।

विद्यालयलाई कृषि व्यवसायिक तथा सुविधा सम्पन्न विद्यालय सञ्चालन र शैक्षिक विकासका लागि यो शैक्षिक तथा धार्मिक महोत्सव सञ्चालन गरिएको हो । भागवत मधुकर पण्डित पुरुषोतम शरण शास्त्रीको प्रमुख वाचकतत्वमा शैक्षिक क्रान्त्रीका अभियान्ता ईश्वर शरण महाराजको संगितमय प्रर्बचन तथा झाँकी प्रस्तुत गरिने शैक्षिक तथा धार्मिक महोत्सव मुल समारोह समितिले जनाएको छ । महोत्सव भोली अर्थात असोज ६ गते सम्म समापन हुने महोत्सवका सचिवालय संयोजक गौतमले जानकारी दिए ।