सवारी दुर्घटनामा ज्यान गुमाएका सवारी चालक नोमराज न्यौपाने परिवारलाई सहयोग हस्तान्तरण

प्रकाशित मिति:

बुटवल /गत कात्तिक १५ गते सप्तरीमा सवारी दुर्घटनामा ज्यान गुमाएका सवारी चालक नोमराज न्यौपानेको परिवारलाई सहयोग रकम हस्तान्त्रण गरीएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संघ, प्रदेश ५को सहजिकरणमा नेपालका विभिन्न रुटमा सवारी साधन सञ्चालन गर्दै आएका मजदुरहरुको सहयोगमा रु १ लाख ७० हजार १ सय ६५ रुपैयाँ न्यौपानेकी श्रीमती कौशल्या न्यौपाने र दुई छोरा छोरी सविन न्यौपाने र मनिषा न्यौपानेलाई हस्तान्तरण गरिएको हो ।

सहयोगका लागी पूर्व रुट ईकाइबाट ८५ हजार १सय ७० , काठमाण्डौँ भैरहवा रुट इकाईबाट ५० हजार ५ रुपैँया , नेपाल यातायाता स्वतन्त्र मजदुर संगठन प्रदेश ५ बाट रु २५ हजार र पूर्व रुट इकाई कमिटीबाट रु १० हजार रकम प्रदान गरेको सहयोग हस्तान्त्रण कार्यक्रमका अध्यक्ष तथा पूर्व रुट इकाईका अध्यक्ष लोक नाथ न्यौपानेले जानकारी दिए ।कार्यक्रमका प्रमुख अथिति रहेका नेपाल यातायात स्वतन्त्र मजदुर संघठनका केन्द्रिय सदस्य ठाकूर गैरेले सहयोगका कार्यक्रमले मजदुरका परिवारलाई सहयोग मिल्ने बताए । उनले संस्थाले यस अघि विभिन्न दुर्घटना मजदुरहरुको परिवारलाई सहज बनाउन निशुल्क शिक्षा देखी परिवारको सदस्यलाई रोजगारीको व्यवस्था समेत गर्दै आएको बताए । आगामी दिनमा पनि कुनै पनि मजदुरलाई समस्या पर्दा संस्थाले सहयोगका कार्यक्रमलाई थप प्रभावकारी बनाउने जानकारी दिए ।