मंगलबार काठमाडौं उपत्यकामा जोर नम्बरका सवारी मात्र चलाउन पाइने

प्रकाशित मिति:

काठमाडौं –  ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मंगलबार जोर नम्बरको सवारी साधन चलाउन मात्र आग्रह गरेको छ । ट्राफिक प्रहरीले मंगलबार ठूला मालबाहक सवारी साधनलाई चक्रपथभित्र प्रवेश नगर्न अनुरोध गरेको छ । दक्षिण एसियाली खेलकुद (साग) को अवसरमा ट्राफिक व्यवस्थापन गर्न मंसिर १५ उत्घाटनका दिन बिजोर नम्बरका र मंसिर २४ गते समापनको दिन जोर नम्बरका गाडी मात्र चल्न दिने बताइएको छ ।

ट्राफिक महाशाखाको निर्णय अनुसार भोली जोर नम्बर भएका सवारी साधन मात्र गुडन पाउने छ । तेर्हौं दक्षिण एसियाली खेलकुदको समापनको अवसरमा ट्राफिक व्यवस्थापन गर्न जोर विजोर प्रणालि लागू गर्न लागेको हो । सागको डेलिगेसन कार्ड भएकाहरु बाहेक अन्यलाई मात्र यो नियम लागू हने ट्राफिक प्रहरीले जनाएको छ ।