माल्दिभ्सलाई हराउँदै नेपालले जित्यो क्रिकेटमा कास्य

प्रकाशित मिति:

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाली पुरुष क्रिकेट टिमले कास्य पदक जितेको छ । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कास्य पदक हात पारेको हो । सोमबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले कास्य जितेको हो । माल्दिभ्सले दिएको ९५ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको थियो ।

माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिसवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए । अमिल माउरुफले १३ रन जोडे । नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए । जवाफमा नेपालले १६ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेशले खेल्ने छन् ।