NRNA:अध्यक्ष पन्तको २ महिना र प्रतिज्ञा गरिएका २० कार्ययोजना सूची

प्रकाशित मिति:

कृष्ण के सी/अमेरिका- गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को अक्टुवर १७, २०१९ मा भएको निर्वाचनबाट कुमार पन्तको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको थियो। अध्यक्ष कुमार पन्तले एनआरएनए आइसीसीको नेतृत्व लिएको करिब दुइ महिना पुग्न लाग्यो। २४ महिनाको कार्यकालमा अब बाँकी २२ महिना छ। यो अबधिमा के के काम पुरा भए त्यो कुरा आधिकारिक रुपमा बाहिर आउन बाँकी नै छ। तर पनि मुख्यगरी ऐले सम्म भएका मुख्य कुराहरुमा प्रमुख संरक्षक र संरक्षकहरु, सल्लाहकारहरु र प्रवक्ताको मनोनयन भएको छ। गत अशिवेशनमा पुरा हुन नसकेको बिधान लगायतका दस्तावेजहरुको निर्णयको लागि बिशेष साधारण सभा गर्ने निर्यण भएको छ। संघका केहि पदाधिकारीहरुलाई केहि विभागीय जिम्मेवारी दिने काम भएको छ। त्यसैगरी संघका महासचिव डा हेम राजशर्माद्वारा सार्वजनिक गरिएको संघका नेतृत्व देखि सदस्य सम्मको मर्यादाक्रम एउटा ऐतिहासिक सुरुवात भएको छ। कोषाध्यक्ष महे

  श श्रेष्ठले आर्थिक पाटोलाई पारदर्शी बनाउन आन्तरिक लेखा परिक्षण लगायतका काम गर्दै-गरेको अवस्था छ। सचिव गौरी जोशीको संयोजनमा हुँदै आएको स्मार्ट एनआरएन प्रोजेक्टबारे परिमार्जन सहित जाने कुरा आएका छन्।भिजिट नेपाल र अन्य गतिबिधिहरुको लागि नीतिगत निर्णय र कार्ययोजना लगायत अन्तरिक निर्देशन दिने काम भएको छ। बिचमा भारतले नेपाली भूमिलाई आफ्नो देशको नक्सामा राखेर गरेको मिचाहा प्रवृतिको बिरोध गर्न निर्देशन भएको छ।यसबाहेक, संघले पूर्णता पाउन २१ जना अन्तराष्ट्रिय परिषद सदस्यको मनोनयन गर्न क्षेत्रीय संयोजकहरुबाट नाम सिफारिस लिने काम भएको छ। पहिलो पटक मनोनित हुने आइसीसी सदस्यहरुको योग्यता, उनीहरुको संघमा इतिहास र गर्नु पर्ने या दिन सक्ने योगदानको कुरा उल्लेख गरिएको छ। यसबाट राजनैतिक दवाव भन्दा क्षमता र संघको लागि व्यक्तिको आवश्यकताको पाटोलाई बढी महत्व दिएको कुरा देखिन्छ।त्यसैगरी विभिन्न कमिटी र बिशेष कार्यदलहरुको गठन गर्न बाँकी छ। सचिवालयका कर्मचारीहरुको मुल्याङ्कन गरि ब्यबस्थापन लगायतका काम गर्न बाँकी छ। संघको इतिहासमा सबै भन्दा धेरै संघको बिधान र नियम-विनियमहरु बनाउन योगदान गरेको व्यक्ति नै वर्तमान महासचिव डा हेम राज शर्मा हुन्। त्यसैले सँस्था कार्यालय, सचिवालय अनि संघको प्रशाशनलाइ चुस्त, दुरुस्त र दरिलो बनाउने कुराको अपेक्षा गर्न सकिन्छ। त्यसका लागि केहि कुराहरुको सुरुवात समेत भएको पाइएको छ।त्यस बाहेक, अध्यक्ष पन्तले चालू अवस्थामा रहेका प्रमुख प्रोजेक्टहरुको सम्पन्न गर्न विभिन्न स्तरमा बैठक र टाइमलाइन दिने प्रयास गरेको देखिएको छ। नयाँ प्रोजेक्टहरुको सुरुवात हुने अवस्था पनि देखिएका छन्।यसैबीच संघको अन्तराष्ट्रिय परिषदको यो कार्यकालको दोश्रो बैठक पनि नजिक आउँदैछ। त्यसबाट अरु थुप्रै कुराहरु निर्णय हुने अपेक्षा सबैले गरेका छन्। अध्यक्ष पन्तले चुनावका बखत प्रतिज्ञा गरेका २० कार्ययोजनालाइ यहाँ स्मरण गराउन पोष्ट गरिएको छ।

१.दश (१०) अर्बको सामूहिक लगानी कोष

२.विज्ञ सम्मेलनका निष्कर्ष कार्यान्वयन र निरन्तरता

३.नेपालमा पर्यटन क्षेत्रमा लगानी, नेपाल भ्रमण वर्ष २०२०

४.भिजन २०२० ले कल्पना गरेको एनआरएनए फाउन्ण्डेशन

५.वैदेशिक रोजगारीमा श्वेतपत्र र नेपाल सरकारसँगको समन्वय

६.वैदेशिक रोजगारीमा जानुअघि नै सीपयुक्त बनाई अन्तर्राष्ट्रिय श्रमबजारमा नेपाली जनशक्तिको सेवा सुविधा र मर्यादा अभिवृद्धिका प्रभावकारी कार्यक्रम नेपाल सरकारसँगको समन्वयमा कार्यान्वयन

७. विदेशमा नेपालीको उद्धार र राहतका लागि वैदेशिक रोजगार राहत कोष वृद्धि

८. गैरआवासीय नेपाली नागरिकता

९. विदेशमा रहेका नेपालीको मतदानको अधिकार सम्बन्धी व्यवस्था

१०. गैरआवासीय नेपाली संघमा आबद्ध हुन न्यूनतम शुल्क वा निःशुल्क सदस्यता पञ्जीकरण

११. नयाँ पुस्ताका गैरआवासीय नेपालीलाई संघका गतिविधिमा आकर्षित गर्दै स्वदेशसँगको सम्बन्धलाई कसिलो बनाउन विशेष ध्यान

१२. संघमा महिलाको उपस्थिति, सहभागिता र नेतृत्वलाई व्यापक र सशक्त बनाउन विशेष अभियान सञ्चालन

१३. संघको विधि, विधान र संस्थागत प्रक्रिया, सचिवायलको प्रभावकारिता र क्रियाशीलतामा ध्यान

१४. गैरआवासीय नेपालीको नेतृत्व चयनका क्रममा अनलाइन भोटिङ प्रणाली

१६. भिजन २०२० को प्रस्ताव कार्यान्वयन

१७. चालू परियोजनाको निरन्तरता, समापन र हस्तान्तरणलाई उच्च प्राथमिकता

१८. संघले आफ्नो मूल्य, मान्यता र परिकल्पनामा रहेर अगाडि बढाउन खोजेका परियोजनामा हाम्रो मात्र स्रोत-साधनले नपुग्ने भएमा अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य

१९. समान हक, हित र अधिकारका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागको पक्षमा उभिने

२०. गैरआवासीय नेपालीका समस्या, चासो र सरोकारलाई उच्चस्तरबाट सम्बोधन गर्न नेपालको राजनीतिक नेतृत्वसँग नियमित सम्पर्क र प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापना  – हलीउडखवर वाट साभार