महिला फुटबलका प्रशिक्षक हरि खड्काद्वारा राजीनामा घोषणा

प्रकाशित मिति:

काठमाडौँ — नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् । १३ औँ साग अन्तर्गत सोमबार स्वर्णका लागि भारतसँग भएको फाइनल खेलमा २-० गोलले पराजित बनेपछि खड्काले राजीनामा घोषणा गरेका हुन् । उनले सागमा आफूले सम्हालेको टिमले पराजय व्यहोरेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै नैतिकताको आधारमा राजीनामा दिने घोषणा गरे।

यसअघि लिग चरणको खेलमा पनि नेपाली महिला फुटबल टोली भारतसँग १-० गोलले हारेको थियो। खड्का प्रशिक्षक हुँदा नेपाल र भारतबीच ५ वटा खेल भएको थियो। जसमा ३ खेल भारतले र १ खेल नेपालले जितेको थियो भने १ बारबारीमा टुंगिएको थियो।