माया शब्दसँग जोडिएका रोचक तथ्य

२३ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
41 Shares


मायाको अर्थ जस्ले जे नै भनेपनि तर एउटा साँचो माया यतिसम्म शक्तिशाली हुन सक्छ कि, त्यसको अन्दाज कसैले पनि लागाउन सक्दैन । किन कि, मायाको कुनै मापन छैन र ‘पावर अफ लभ’ कति भन्ने अनुमान नै गर्न सकिन्न । भनिन्छ नि, ‘यो दुनियाँ मायाले नै चलेको छ ।’ आज हामी तपाईहरुलाई मायाबारे केहि यस्ता रोचक तथ्यहरु जानकारी गराउँदैछौँ : – तपाईलाई थाहा छ ? नोभेम्बेर महिनामा विश्वभर सबै भन्दा ज्यादा “आई लभ यू” (I Love You ) बोलिन्छ । – वैज्ञानिक सर्वे अनुसार एक राम्रो शरीर भन्दा एक सुन्दर मुहार ज्यादा आकर्षक हुने गर्छ । – यदि तपाईलाई कसैको मायामा पर्ने डर हुन्छ भने त्यो अवस्थालाई ‘फिलोफोबिया’ (Philophobia) भनिन्छ । – प्रेम प्रस्तावमा ९०% पुरुष पहिला ‘आई लभ यू’ भनेर प्रेम प्रस्ताव राख्ने गर्छन् । – एक तथ्याङ्क अनुसार विश्वभर दैनिक तिस लाख भन्दा ज्यादा जोडीहरु डेटमा जाने गर्छन् । – तपाईको दिमागले त्यतिबेला कम काम गर्दछ जतिबेला तपाई ‘रोमान्टिक मुड’मा हुनुहुन्छ । – मनोवैज्ञानिक अनुसार यदि तपाई दुख वा पिडाको बेला तपाईको माया भएको मान्छेसँग अँगालो लाग्नु भएमा त्यो अँगालोले तपाईको नर्वस सिस्टममा पेनकिलर सरह काम गर्दछ ।

– अर्जेन्टिनाको एक किसानले आफ्नो स्वर्गीय पत्नीको यादमा सारा जिन्दगि एक ‘गिटार’ शेप्ड खेतमा, खेति गरेको थियो । – सामान्य मानिसहरुबीच ‘लभ म्यारिज’को सुरुवात १८ औं शताब्दिबाट सुरु भएको मानिन्छ । – तपाई मायामा पर्नुभएपछि कम्तिमा पनि तपाईको दुईजना साथी तपाईबाट टाढा हुन्छ । – तपाईलाई थाहा छ, ‘MATCH.COM’ जस्ले दुनियाँभरबाट जोडी मिलाई बिहे गराउँछ । यस्का संस्थापक ‘गैरी क्रिमेन’ हुन् । क्रिमेनलाई उस्को गर्लफ्रेन्डले छोडेर गएकी थिइन् । यहि वियोगको पिडामा उनले यस वेबसाईटको सुरुवात गरेका थिए । यसबाट के कुरा सिक्न सकिन्छ भने साँचो मायामा बिछोडको पिडापनि सधैँ बर्बादीको कारण हुदैँन । – कतिपय जीवजन्तुहरु पनि जिन्दगीभर एकैसाथ रहने गर्छन् । यिनीहरुमा पनि एक साथी वा एक जोडी सँगै रहने नियम पालन भएको हुन्छ । – वैज्ञानिक मान्यता अनुसार मायाले मानिसको दिमागमा एउटा एस्तो ठाउँ बानाउँने गर्छ कि उस्ले त्यतिबेला परमसुखको अनुभुति गर्ने गर्दछ । यो त्यही प्रकारको अनुभुति हो जतिबेला तपाईलाई नशाको बेला हुने गर्छ ।

– वैज्ञानिक रुपमै यो कुरा सिद्ध भैसकेको छ कि, मायामा परेका व्याक्ति आफ्नो काममा पुरा ध्यान दिन सक्दैन जस्ले गर्दा उस्ले गर्ने कार्यगर्ने क्षमता प्रभावित हुने गर्छ । – कोहिकोहि आफ्नो स्वार्थको लागि धेरैसँग सम्बन्ध जोड्ने गर्छन् । यसरी कसैसँग रोमान्टिक रिलेशन राख्नु पनि एक मानसिक बिरामी हो, जसलाई ओब्सेसिव- कँपल्सिव डिसअर्डर भनिन्छ । – सन् २०१४ मा एरिजोनामा “भ्यालेनटाइन डे”का दिन एक कैदी आफ्नो प्रेमिकालाई भेट्न जेलबाट भागेका थिए । – एक तथ्याङ्क अनुसार अनलाईनबाट प्रेम बसेकामध्ये सिर्फ २३% जोडीहरुको मात्र विवाह हुने गर्छ । – के तपाईलाई थाहा छ ? इन्टरनेटअघि LOL को अर्थ ‘Lots of Love’ हुन्छ । – जिन्दगीमा माया एक अपरिहार्य चिज हो । यदि कसैको जिन्दगीमा माया छैन भने उसलाई एक्लोपनले पिरोलेर मानसिक रोगको शिकार पनि हुन सक्छ । – “एरोटोमानिया” (Erotomania) त्यो मानसिक स्थिति हो जस्मा पर्ने मानिस यो सोच्ने गर्दछ कि, कोहि प्रसिद्ध व्याक्ति उस्को मायामा परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आकर्षक स्वास्थ्य केन्द्र बनाउने…
  • कोभिड १९ राहत कोषमा ४० लाख ४३ हजार संकलन
  • स्वास्थ्यकर्मीमाथी भएको आक्रमण तथा दुव्र्यवहार प्रति दुख व्यक्त
  • बिश्व बाताबरण दिवसको सन्दर्भमा कञ्चन जेसिजद्धारा बृक्षारोपण
  • पेखु ठानामा चक्लाबन्दी खेती अन्तर्गत सुन्तला, कागती रोपियो
  • कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाट स्थापना हुने
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्वारा नि:शुल्क शुद्व तरकारीहरु, फलफुल र…
  • मानव अधिकार निगरानी समूहद्वारा क्वारेन्टाइन अवलोकन
  • क्वारेन्टाइनहरु मापदण्ड अनुसार सञ्चालन गर्न अदालतको आदेश
  • सूचना प्रवाहमा इन्टरनेटको प्रयोग