प्रेम सम्बन्ध वा वैवाहिक सम्बन्ध टुट्न लागेको यसरी थाहा पाउनुहोस्

२३ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
21 Shares


एजेन्सी – अहिले सम्बन्ध विच्छेदका घटनाहरु दिनानुदिन बढ्दै गइरहेका छन् । बढ्दो व्यस्तता र समयका अभावले हरेक सम्बन्ध टाढिदै गएका छन् । श्रीमान, श्रीमती वा प्रेमी र प्रेमीका बीच कहिले काँही झै–झगडा र मनमुटाव हुन्छ । कहिलेकाँही साना साना कुरालाई लिएर वादविवाद हुन्छ । प्रेम सम्बन्ध वा वैवाहिक जीवन चलाउने कुरामा यस्ता खटपट हुनु सामान्य मानिन्छ । भनिन्छ जहाँ माया हुन्छ त्यहाँ सानातिना झैगडा हुन्छन् । तर, यो क्रम बारम्बार दोहोरिन्छ भने त्यसले राम्रो संकेत मानिदैन । सानो कुराले सल्केको आगोले पछि डढेलोको रुप लिन सक्छ । प्रेमी प्रेमीका र श्रीमान श्रीमतीका बीच उत्पन्न हुने मतभेतले सम्बन्धलाई टाढिदै र चिरा पार्दै लगेको हुन्छ । यस्तो अवस्था लामो समयसम्म रह्यो भने जीवन नै तहसनहस हुनसक्छ । त्यसैले हरेक सम्बन्धमा हुने मतभेद र मनमुटावलाई समयमै समाधान गनु आवश्यक हुन्छ । त्यसका लागि निम्न कुरामा ध्यान दिनु पर्छ ।

१, श्रीमान श्रीमती र प्रेमी प्रेमीकाले एक आपसमा संवादको वातावरणको सिर्जना गर्नुपर्छ । जतिसुकै व्यस्त र ठुलो समस्या भएपनि एक आपसमा छलफल गरि समस्याको समाधान गर्नुपर्छ । कुनै पनि निर्णय एक्लै नलिई दुबैको समझदारी र सहमतीमा मात्र निर्णय गर्नु पर्छ । त्यसैले तपाईंलाई तपाईंको पार्टनरले अफिसबाट फोन गर्न बन्द गर्छ अथवा घर आइसकेपछि पनि तपाईंको प्रश्नको उत्तर मात्र दिन्छ भने सम्झनुहोस् तपाईंको सम्बन्ध टुट्ने क्रममा रहेको छ ।

२, यदि तपाईंको पार्टनरले तपाईंले धेरै पटक फोन गरिसकेपछि मात्र फोन उठाउने गर्दछ र मेसेजको रिप्लाई पनि ढिलो गर्दछ अथवा केहि बहाना बनाउने गरेको छ भने यसको अर्थ तपाईंको सम्बन्ध अब धेरै दिनपछि छैन भन्नु हो । साथै यदि तपाईं आफ्नो पछिल्लो फोटो आफ्नो पार्टनरलाई पठाउनु हुन्न र आफ्नो पार्टनरसँग कुरा गर्न मन लाग्दैन भने यसको बारेमा तपाईंले सोच्न जरुरी छ । ३, बिस्तारै सम्बन्धमा यति चिसोपन आउँछ कि बिस्तारै तपाईं आफ्नो पार्टनरसँग आफ्ना कुराहरु लुकाउनुहुनेछ र अपरिचितजस्तो व्यवहार गर्नुहुनेछ । ४, पार्टनरलाई आफ्नो सबै कुरा नभन्नु र पार्टनरसँग उनको सम्बन्ध भएको मात्र कुरा गर्नुहुन्छ भने सम्झनुहोस् तपाईंहरु अब अपरिचित बनिसक्नुभएको छ र सम्बन्ध चाँडै नै छुट्ने प्रक्रियामा छ । वास्तविक सम्बन्ध त्यतिबेला सुरु हुन्छ तब त्यसमा कुनै शंका हुँदैन । यदि सम्बन्ध टुट्दै छ भने यसमा शंका पैदा हुने गर्दछ । जब पार्टनर नजिक हुँदैन तब असुरक्षाको भावना पैदा हुने गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया