नेपाली कांग्रेसकाे प्रारम्भिक मस्यौदा तयार

प्रकाशित मिति:

काठमाडौ–नेपाली कांग्रेसले आफ्नो विधान संशाेधन गर्नका लागि प्रारम्भिक मस्यौदा तयार पारेको छ। पार्टीको आगामी मंसिर ५ देखि ९ गतेसम्म हुने महासभामा पेश गर्ने गरी मस्यौदा तयार गरिएको हो।

मुलुक संघीयतमा गएसँगै कांग्रेसले सो अनुरुप संगठन संरचना निर्धारण गर्न विधान संशाेधन गर्न लागेको हो। पार्टी महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको १३ सदस्यीय केन्द्रिय विधान संशाेधन मस्यौदा समितिले प्रारम्भिक मस्यौदा तयार गरेको हो।

विधान संशाेधनबारे जानकारी दिन कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अयोजित पत्रकार सम्मेलनमा महामन्त्री खड्काले सर्वसम्मतरुपमा प्रारम्भिक मस्यौदा तय भएको जानकारी गराए।

प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिन थप बहस र छलफल हुने उनले बताए। ‘प्रारम्भिक मस्यौदा लिएर हामी ७ प्रदेशका १२ स्थानमा पुग्दैछौ’ उनले भने, ‘मस्यौदाबारे ८ गतेदेखि १३सम्म दफाबार छलफल तथा सुझाव लिइनेछ र ती सुझाव समेटेर १४ गतेदेखि समितिले मस्यौदालाई अन्तिम रुप दिनेछ।’

मस्यौदामा प्रदेशस्तरीय सहमहामत्री राख्ने, र पदाधीकारीको संख्या पनि बढाउने उल्लेख छ। उक्त मस्यौदा अन्तिम रुप नभएकाले थप छलफल र परिस्कार हुने  केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए।

कांग्रेसले ३ महिना पहिले देखिनै देशभरका सबै जिल्ला समितिलाई विधान संशाेधनबारे आधिकारिक प्रस्ताव राख्न पत्राचार गरेको थियो। तिनै सुझाव र हेटौडामा सम्पन्न पार्टी सभापतिको राष्ट्रिय भेलाले दिएका सुझावका आधारमा प्रारम्भिक मस्याैदा तयार गरिएको खड्काले जानकारी दिए।