यो भिडियोले दियो विश्वभरीका महिलालाई गज्जबको सन्देश

प्रकाशित मिति:

एजेन्सी – अमेरिकाको एट्लान्टामा मिस युनिभर्स २०१९ प्रतियोगिताको समयमा धेरै प्रतियोगीहरु बिकिनी राउन्डमा भिजेको फ्लोरमा चिप्लिएका थिए । यसको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ । फ्रान्सको प्रतिनिधित्व गरेकी मिस मेवा कूच पनि र्याम्प गर्ने क्रममा चिप्लेकी थिइन् । त्यसपछि उनले आफ्नो उक्त भिडियो इन्स्टाग्राममा सेयर गदै यसबाट आफुलाई एउटा सिकाई मिलेको र लडेर पनि पुनः उठेर हिड्ने व्यक्तिलाई नै महिला भनिन्छ भनेर स्टाटस लेखेकी छन् ।

उनका साथै मिस उरुग्वे, मिस इन्डोनेसिया, मिस मलेशिया, मिस न्यूजील्याण्ड, मिस माल्टा पनि यसमा चिप्लिएका थिए । तर मिस फ्रान्सले भने आफ्नो आत्माविश्वास गुमाइनन् र यस घटना पछि पनि उनको अनुहारमा कुनै डर देखिएको थिएन । उनी लडेपछि पनि हाँस्दै उठिन् र जजका अगाडी ताली बजाएर फर्किएकी थिइन् । सामाजिक सन्जालमा उनको आत्माविश्वास र साहसको प्रशंसा भईरहेको छ ।