समाजवादीको सिद्धार्थनगरमा समायोजन

प्रकाशित मिति:

भैरहवा । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच सिद्धार्थनगरमा पनि समायोजना भएको छ । सिद्धार्थनगर नगरपालिकामा अर्जुन जैसवालको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरिएको छ । जसको इञ्चार्जमा बैजनाथ गुप्ता (बि.एन.), सह–इञ्चार्जमा मिना वि.क. रहेका छन् ।त्यस्तै सचिवमा रबिना भण्डारी, गोपाल खनाल, उमेश अग्रहरी, कोषाध्यक्षमा राम मिलन यादव र सह–सचिवमा जावेद आलम र राम किसन वि.क.रहेका छन् ।
नवगठित नगर कमिटीलाई प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, केन्द्रीय सदस्य किस्मत वि.क., युवा नेता मुक्तिनाथ यादव (भोला), उज्जवल पोखरेल, रुपन्देही जिल्ला अध्यक्ष राम अवतार यादव, महेन्द्र यादव, सोमनाथ पौडेल लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।