बर्दघाटमा महिला हिंसा विरुद्धको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नबलपरासी । ग्रामीण साकोस बर्दघाटको आयोजनमा दुई दिने महिला हिंसा विरुद्धको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न,ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट ४ बर्दघाट पश्चिम नवलपरासीको आयोजनमा दुई दिने महिला हिंसा विरुद्धको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । ग्रामीण साकोसको महिला उपसमितिकी संयोजक मन्जु भट्टराईको अध्यक्षता तथा बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख माया देवी पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले नेपाली समाजमा संस्कार संस्कृतीका नाममा आफना सन्तानलाई जानी नजानी हिंसाको पथमा अग्रसर गरिरहेको अवस्था रहेको बताउदै त्यस किसिमको हिंसालाई समयमै बुझि आफनो बोलीमा मात्र नभई व्यवहारमा उतार्न जरुरी रहेको बताउनु भएको थियो ।

साथै उहाँले नेपाली समाजमा हिंसा भन्ने वित्तिकै महिंला हिंसालाई मात्र बुझ्ने परम्परा कायम रहेको तर हिंसा महिलालाई मात्र नभई लैंिगक रुपमा जो कोहिलाई पनि हुन सक्ने भन्दै समाजमा ब्याप्त रहेका हिंसा विभिन्न प्रकारका हिंसालाई सममयै पहिचान गरि निर्मूल पार्न आवश्यक रहेको बताउदै पौडेलले कार्यक्रमका सहभागिहरुलाई कार्यक्रममा सिकेका कुराहरु सुनेर मात्र नहुने हुदा व्यवहारमा उर्तान प्रतिवद्ध भएर लाग्नु पर्ने सुझाउनु भएको थियो । कार्यक्रममा बोल्दै समाजसेवी तथा महिला नेता सरिता खनालले समाजमा विद्यमान कुसंस्कार कुरिति तथा संस्कारका नाममा हुने हिंसाहरुलाई विस्तारै चिर्दै लैगिंक समानताको भविष्य निर्माण गर्न लागि पर्न आवश्यक रहेको बताउनु भएको थियो । सो अवसरमा संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमाल, भुतपुर्व उपाध्यक्ष तथा समाजसेवी विष्णु कुमारी मौरथी, समाजसेवी सरिता खनाल, मधुमाया पौडेल, संस्थाका सल्लाहकार राम प्रसाद पौडेल, उपसचिव राधा पौडेल , संचालक समितिको सदस्य मुरलीकृष्ण खनाल, ऋण उप समितिको सदस्य किशोररत्न बौद्धाचार्य, महिला उप समितिका सदस्य सिता न्यौपाने, बसन्ती थापा लगायतको आतिथ्यता रहेको कार्यक्रमका सहभागीहरुले समाजबाट लैगिंक हिसां कसरी निर्मुल पार्न सकिने करा माथि कुरामाथि जोड दिएका थिए । दुई सम्म सञ्चालन भएको कार्यक्रममा ग्रामीण सचेत महिला समुहका ७० भन्दा बढि महलिाहरुको सहभागिता रहेको कार्यक्रममा कानुन अधिबक्ता राम कृष्ण पौडेलले प्रशिक्षण दिनुभएको थियो ।