नेपाल भ्रमण वर्षलाई दाङमा राप्तीको भद्राक्षि मन्दिरबाट स्वागत

२३ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
272 Shares


तिर्थराज ज्ञवाली ,दाङ ।नेपाल भ्रमण वर्ष सन् २०२० को आगमन नजिक रहदा दाङ जिल्ला राप्ती गाउँपालिकाको भद्राक्षि मन्दिर बाट सरोकारवालाहरुले दाङ जिल्लामा नेपाल भ्रमण वर्ष २०२०लाई स्वागत गरेका छन् ।सोमवार राप्ती गाउँपालिकाको वडा नं ९ स्थीत देविकोटमा अवस्थीत धार्मीक तथा पर्यटकीय स्थलभद्राक्षि मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरि दाङ जिल्ला समन्वय समिति र राप्ती गाउँपालिकाले आन्तरिक तथा वाहिरी पर्यटकलाई दाङका विभिन्न पर्यटकीय स्थल भ्रमणको लागि आब्हान गरेका हुन् । दाङ जिल्ला पर्यटन पवद्र्घन समितिका संयोजक समेत रहनुभएका दाङ जिल्ला समन्वय समिति सभापति जितेद्रमान नेपाली र राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष सन्२०२० को स्वागत गर्दै दाङ जिल्लामा नेपाल भ्रमण वर्ष सफल पार्न अभियान सुरु भएको उद्घोष गर्दै सबै क्षेत्रका पर्यटकीय क्षेत्रको विकासमा र प्रचार प्रसारमा सबै लाग्न अनुरोध गर्नु भएको छ । राप्ती गाउँपालिकाको महत्वपुर्ण स्थानको रुपमा रहेको प्रमुख धार्मीक स्थल श्री स्वस्थानि ब्रत कथामा अध्याय नौ अनुसार सतिदेकिो दाब्रे घुडा पतन भएको शक्ति पीठको रुपमा रहेको भद्राक्षि मन्दिर परिसर बाट दाङ जिल्ला पर्यटन पवद्र्घन समिति सदस्यजिल्ला समन्वय समितिउपसभापति श्रीधर शर्मा पौडेले दाङ जिल्ला पर्यटन पवद्र्घन समितिका आगामी योजना तथा नेपाल भ्रमण वर्ष सफल पार्न दाङ जिल्लाका विभिन्न हेर्न लायक स्थानको बारेमा जानकारी दिनुभएको छ ।

नेपाल भ्रमण वर्ष सन् २०२० को दाङ जिल्ला राप्ती गाउँपालिकाको भद्राक्षि मन्दिर बाट स्वागत गर्दै राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा,दाङ जिल्ला पर्यटन पवद्र्घन समितिका जफत बहादुर बस्नेत, जागेश्वर घिमीरे, रुद्र बहादुर डागी, नेकपाका धर्म राज अधिकारी, नेपाली काग्रेशका दुर्योधन पाण्डे,राप्रपाका कुलराज न्यौपाने,वडा अध्यक्ष तारा बहादुर डिसी, विष्णु बहादुर घर्ति क्षेत्रि, गोकर्ण बहादुर राना, गोवर्धन रावत, राजनितिक दलका टोप बहादुर झाक्रि,भद्राक्षि मन्दिर ब्यवस्थापन सञ्चालक समितिका चन्द्र जिसी लगायतकाले दाङ जिल्लालाई धार्मीकस्थल, पर्यटकीय स्थल, कृषि, ब्यापार, पैदल मार्ग, ताल, नदि लगायतका विषयमा परिचित गराउन सकिने हुदा हरेक विषयलाई प्रवद्घन गरि भ्रमण वर्षलाई सफल बनाउनु पर्ने बताउनु भएको थियो ।दाङ जिल्लामा नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत कार्यक्रमको पालिका स्तर बाट स्वागत कार्यक्रमको उद्घाटन राप्ती गाउँपालिकाको वडा नं ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरको अध्यक्षता,दाङ जिल्ला पर्यटन पवद्र्घन समितिका संयोजक दाङ जिल्ला समन्वय समिति सभापति जितेद्रमान नेपालीको प्रमुख आथित्यता र राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको विशिष्ठ आथित्यतामा सम्पन्न भएको हो ।दाङ जिल्ला पर्यटन पवद्र्घन समितिका अनुसार दश वटै पालिकाहरुका महत्वपुर्ण पर्यटकीय स्थलबाटदाङ जिल्लामा नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत गरिने कार्यरहेको बताईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?