‘दबंग ३’: रिलिजअघि नै ३५ करोड नाफामा

प्रकाशित मिति:

मुम्बई / सलमान खान बलिउडको रेसमा सबैभन्दा अगाडि छन् । पहिलो दिन नै उनको फिल्मले भव्य ओपनिङ गर्ने गर्छन् । दर्शकले उनको फिल्म हेर्न समीक्षा कुर्दैनन् । सीधै हल हाउसफूल बनाउँछन् ।सलमान खानको नाम जोडिनासाथ फिल्मको राइटस् पनि महंगो पर्न जान्छ । उनको फिल्म टिभीमा पनि उत्तिकै हेरिने गर्छ ।२० डिसेम्बरमा रिलिज हुने यो फिल्ममा सलमान खानले चुलबुल पाण्डेको भूमिका निभाएका छन् । फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन् ।फिल्ममा सलमान खान, सोनाक्षी सिन्हा, सुदीप र सई मान्जरेकर शीर्ष भूमिकामा छन् ।

दर्शकमाझ प्रतीक्षित यो फिल्मले बक्स अफिसमा बम्पर ओपनिङ गर्ने आँकलन गरिएको छ । त्यसो त सलमानका हरेक फिल्मले बम्पर ओपनिङ गर्ने गर्छन् ।१२० करोडमा बनेको यो फिल्म रिलिजअघि नै नाफामा गएको भारतीय मिडियाले लेखेका छन् ।फिल्मको स्याटालाइट राइटस् ८० करोड रुपैयाँमा विक्री भएको छ । जी नेटवर्कले यति रकम दिन तयार भएको हो ।यस्तै फिल्मको डिजिटल राइटस् अमेजन प्राइमले ६० करोडमा किनेको छ । १५ करोडमा फिल्मको म्युजिक राइटस् विक्री भएको छ ।रिलिजअघि नै यो फिल्म ३५ करोड भारु नाफामा गइसकेको छ । रिलिजपछि त फिल्मले सय करोड क्लबमा पक्कै इन्ट्री गर्नेछ ।