गुल्मीका अधिकांश ठाउँमा बाँदर आतंक , स्थानीय तह योजनाबिहिन

प्रकाशित मिति:

मनोज कार्की  – गुल्मीका अधिकांश ठाउँमा कृषकहरूका लागि बाँदरले आतंक नै फैलाउने गरेको छ । खेतबारीमा लगाएको खेतीपाती नै नष्ट गरेर कृषकहरूलाई बाँदरले वाक्क पारेको छ । जिल्लाको मालिका गाउँपालिकाका विभिन्न स्थान , छत्रकोट गाउँपालिकाका विभिन्न स्थान लगायत जिल्ला भरका अधिकांश कृषकहरु बाँदरबाट पीडित बनेको स्थानीयहरुले गुनासो गर्दे आएका छन् । गुल्मी घमिरका राजु लम्सालका अनुसार बाँदरले कृषकको बर्षभरिको खेतीपाती एकैछिनमा नष्ट पारेको छ । दिनानुदिन बाँदर लखेट्ने कामले आफू वाक्क परेको उनी बताउँछन् । उनले स्थानीय तह योजनाबिहिन भएको आरोप लगाए । कृषकहरूको खेतीपाती बाँदरले नष्ट गर्दै आएको भएपनि यसको दिर्घकालिन उपाय गुल्मीका कुनै स्थानीय तहमा छैन ।

महिलाहरूका लागि त बाँदर शत्रु नै बनेको छ । महिला मात्रै बाँदर लखेट्न गए त बाँदर नभाग्ने घमिरका महिलाको गुनासो छ । जसबाट अधिकांश स्थानियलाई त्रसित नै बनेका छन् । जिल्ला कै छत्रकोट गाउँपालिका भालुपानीका  लक्ष्मण पन्त पनि बाँदर आतंकबाट पीडित नै बनेका छन् । करिब तीन सयको हुलमा आउने बाँदरले खेतबारीको अन्नपात सबै नष्ट गर्ने गरेको छ । कुनै हातहतियार बिना त बाँदर नजिक जान नसकिने पन्तको भनाइ छ । उनले स्थानीय तह यश बिषयमा योजना बिहिन तथा कुनै पहल नगर्नु दुखद बिषय भएको गुनासो समेत ब्यक्त गरे ।  जिल्लाका बिभिन्न ठाउँमा बाँदरले आतंक नै मच्चाएको छ । कृषकहरू पीडित बनेका छन् । तर यसमा स्थानीय तहको कुनै चाँसो तथा पहल भने अहिलेसम्म भएको छैन ।