उद्घाटनजस्तै सागको समापन पनि भव्य हुने

प्रकाशित मिति:

काठमाडौँ /तेह्रौं दक्षिण एसियाली खेलकुद साग को समापन पनि भव्य बनाइने भएको छ ।दिउँसो तीन बजे शुरु हुने फुटबलको फाइनल लगत्तै समापन कार्यक्रम राखिनेछ । समारोहका सचिव कुलबहादुर थापाका अनुसार, मंगलबार विशेष समारोह समापन राखिएको छ ।नेपालको कला संस्कृति समेटेर उद्घाटन भएको सागको समापन भने बीरथाको गाथा प्रस्तुत गरिने थापाले बताए । त्यसका लागि सुरक्षा निकायका विभागीय टोली सहित विद्यार्थीहरुको विशेष प्रस्तुति रहनेछ ।

सागको समापन भने पाकिस्तानलाई झण्डा हस्तान्तरण गरेर हुनेछ । जारी सागमा नेपालले ऐतिहासिक कीर्तिमान रच्दै ४९ स्वर्ण जितिसकेको छ ।