प्रधानमन्त्री केपी शर्मा ओलीलेखेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने

प्रकाशित मिति:

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि बुधबार १३औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्ने खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने भएका छन् । यद्यपि उनी सागको समापन समारोहमा सहभागी हुने छैनन् ।समापन समारोहको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले भने, ‘सम्भवतस् पर्सि प्रधानमन्त्रीले खेल क्षेत्रलाई सम्बोधन गर्नुहुनेछ र हालसम्मकै ठूलो प्रोत्साहन प्याकेज घोषणा गर्नु हुनेछ ।’

सागको समापन समारोहमा भने प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलछन् । समापन कार्यक्रम भोलि ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुनेछ ।