सिरहामा जबर्जस्ती करणी कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति:

महेश सिंह /सिरहा – सिरहामा जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेका छन् ।सिरहाको भगवानपुर बाट खटिएको गस्ती टोलीले गाउँपालिका(३ का ३८ वर्षीय अजय कुमार यादवले आफ्नै घरमा लुकीछिपि बस्दै गरेकोमा विशेष सूचनाको अधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका हुन ।

यादबलाई जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दा परेका थिए । यादव लाई ईलाका प्रहरी कार्यालय लहान सिरहामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ