सिरहामा सडक दुर्घटना : दुईकोमृत्यु

प्रकाशित मिति:

महेश सिंह  सिरहा २३ मंसिर।सिरहाको पुर्ब पश्चिम् गोलबजार न।पा। ४ राजमार्ग अन्तरगत सडक दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाकोको मृत्यु भएका छन् । एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नपा  १२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र सोही ठाउँका २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स। १ च ६९३ नम्बरको एम्बुलेन्सले एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार महराको घटनास्थलमै मृत्यु भएको छ भने मण्डलको उपचारको लागि विराटनगर लग्दै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा इन्सपेक्टर जनक पुरीले बताए हुन ।