रूसलाई चार वर्ष अन्तर्राष्ट्रिय खेलकुदबाट प्रतिबन्ध

प्रकाशित मिति:

एजेन्सी । विश्व एन्टी डोपिङ एजेन्सी वाडाले रुसलाई चार वर्षका लागि प्रतिबन्ध लगाएको छ । स्विट्जरल्याण्डको लुसानमा भएको वाडाको बैठकले यो निर्णय गरेको हो । प्रतिबन्धित भएसँगै रुसले टोक्यो ओलम्पिक र कतार विश्वकप गुमाउने भएको छ । वाडाले गरेको यो निर्णयपछि रुसका खेलाडीलाई ठूलो मार पर्ने भएको छ । तर यदि कुनै रुसी खेलाडीले आफू डोपिङमा संलग्न नभएको प्रमाणित गरेमा तथ्य रुपमा ओलम्पिकमा सहभागिता जनाउन पाउने भएका छन ।

जनवरीमा रुसको एन्टी डोपिङ एजेन्सीले आफ्ना सबै प्रमाणहरु वाडालाई बुझाएको थियो त्यसका अध्ययन पछि वाडाले यो निर्णय गरेको हो । अब रुसलाई यो निर्णयविरुद्ध अपिल गर्नका लागि २१ दिनको समय दिइएको छ । सन् २०१४मा रूसको सोचीमा भएको हिउँदे ओलम्पिकमा व्यापक डोपिङ गरेको भन्दै एजेन्सीले रूसमाथि छानबिन थालेको थियो।