रंगशालामा दर्शकमाथि बज्रियो प्रहरीको लाठी, पत्रकार पनि कुटिए

प्रकाशित मिति:

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद भइरहेको मुख्य स्थान दशरथ रंगशालामा फुटबल समर्थकहरु प्रहरीबाट कुटिएका छन् । आज नेपाल र भुटानबीच फुटबलको फाइनल खेल हुनुअघि फुटबल फ्यानहरुमाथि प्रहरीले लाठी वर्षाएको हो । आज पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानको खेलपछि सागको समापन समारोह हुँदैछ ।

त्यसैको टिकट लिन फ्यानहरु रंगशाला पुगेको भए पनि सबै टिकट बिक्री भइसकेको थियो । टिकट नपाएपछि फ्यानहरुले होहल्ला गरेका थिए । यहाँ भीडलाई हटाउने क्रममा प्रहरीले फ्यानलाई कुटेको हो । कुटपिटको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत प्रहरीले दुर्व्यवहार गरेको छ ।