अन्तिमपल्ट भेट्न बोलाएर प्रेमिकाद्वारा प्रेमीको लिङ्ग छेदन

२४ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – काठमाडौंको कपनमा एक प्रेमिकाले प्रेमीलाई आफ्नै कोठामा बोलाएर लिङ्ग छेदन गरिदिएकी छिन् । काठमाडौं महानगरपािलका–६ महाँकाल डेरा गरी बस्ने १९ वर्षीया प्रेमिकाले मकवानपुर हेटौडा घर भई हाल बौद्ध बस्ने वर्ष २१ का राजिव सुनुवारको लिङ्ग छेदन गरेकी हुन् । सुनुवारको ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत वौद्धका डीएसपी रमेश बहादुर सिहंले भने, ‘‘उनीहरु दुवैजना हायात होटलमा काम गर्दा रहेछन् ।

फरक–फरक धर्म मान्दा रहेछन् । उनीहरु प्रेम सम्बन्धमा पनि थिए । तर धर्मका कारण प्रेम सम्बन्ध घरले स्वीकार गर्ने अवस्था नआएपछि राजिवले छुटिने प्रस्ताव गरेका रहेछन् ।’’ डीएसपी सिहंका अनुसार पछिल्लो एक सातायता दुवैको फोन सम्वाद समेत बन्द भएको थियो । सोमबार प्रेमीकाले राजिवलाई अन्तिमपल्ट भेट्न आउ भन्दै कोठामा बोलाएको र त्यहीँ चक्कुले लिङ्ग छेदन गरको प्रहरीले बताएको छ । प्रहरीले ती युवतीलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी सिहंले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया