बाँदर कुर्न १८ जना कर्मचारी ,दश लाखको सुन्तलाको लागी १४ लाख खर्च !

२४ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


धनकुटा – राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्लेले बाँदर कुर्नकै लागि वार्षिक १४ लाख रुपैयाँ खर्च गर्ने गरेको छ ।तर त्यही सुन्तला बिक्रीबाट पारिपात्लेले वार्षिक करिव दश लाख रुपैयाँ मात्र आम्दानी गर्ने गरेको छ ।केन्द्रमा उत्पादन हुने सुन्तला बाँदरले नस्ट गर्न थालेपछि केही वर्ष यता बाँदर धपाउन कर्मचारी नै राखेर कार्यालयले खर्च गर्दै आएको छ ।सुन्तला चिचिला लागेदेखि दाना नलागेसम्म करिब पाँच महिना दैनिक १८ जना कर्मचारी बाँदर धपाउन खटिने गरेका छन् ।

तीन ब्लकमा तीन तीन जनाको दरले बिहान र दिउँसो गरी १८ जना बाँदर कुरुवा परिचालन गर्ने गरेको कार्यालयका प्राविधिक गोपाल सिलुवालले जानकारी दिए ।उनीहरुले न्यूनतम ज्याला दैनिक पाँच सय १७ रुपैयाँ पाइरहेका छन् । केन्द्रमा वार्षिक करिब ३० मेट्रिकटन सुन्तला उत्पादन हुने गरेको छ ।सो केन्द्रको सुन्तला गत वर्ष नौ लाख रुपैयाँमा मात्र ठेक्का लागेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ‘टिकटक स्टार’ प्रतियोगिता हुने
  • वसन्त चौधरीलाई कोरोना
  • मनाङमा अमेरीकावाट विभिन्न व्यक्तीहरु द्धारा सहयोग
  • बुटवलको कोरोना अस्पतालमा बिहानै २ जनाको मृत्यु
  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…