कपिलवस्तुको चन्द्रौटामा लालटिनको उज्यालोमा कृति समिक्षा सम्पन्न

प्रकाशित मिति:

इमरान खान/कपिलवस्तु – कपिलवस्तु जिल्लाको चन्द्रौटामा लालटिनको उज्यालोमा कृति समिक्षा सम्पन्न भएको छ । सर्वसमाज उत्थान मञ्च कृष्णनगर कपिलबस्तुको आयोजनामा कृति समिक्षा भएको हो । कार्यक्रमका प्रमुख अथिति प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले समाजमा संर्घश गर्ने नारीलाई हौसला प्रदान गर्ने संदेशका लागि लालटिनको उज्यालोमा भन्ने कृति लेखिएको बताउनु भएको छ । समाजमा महिलाले गरेको संघर्शलाइ ब्याख्या गरेर नपुग्ने, आम नारीका भोगाइका पिडा साहित्यिक रुपमा बाहिर उठाएर समाज परिवर्तन गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा लालटिनको उज्यालोमा कृति लेखक सरस्वति ज्ञवालिले आफुले लेखेको कृति आफनो जिवनको भोगाई घटना मात्र नभएर समाजका आम महिलाहरुको घटनाको चित्रण गरेको बताउनु भयो । घरपरिवारको काम जिम्मेवारी समाल्दै राजनितिक सर्घषबाट लालटिनको उज्यालोमा कृति सम्म आउन सफल भएको बताउनु भयो । समाजमा भएका कुरालाई साहित्यिक कृतिबाट समाजलाई सकारात्म बाटोमा डोराउने आखाको एैना भएको बताउनु भयो । समाजमा महिला पुरुष समान हुनु पर्ने महिलाहरु समाजका एउटा खम्बा भएको बताउनुभयो । कार्यक्रममा, नेकपा सचिवालय सदस्य लंक बहादुर हमाल, राष्टिय जनता पार्टि केन्द्रिय सचिव रवि दक्त मिश्र, समाजबादी पार्टि केन्द्रिय सदस्य अकरम खान, व्यपारसंघ कपिलबस्तुका महासचिव जगत पौडेल, वडा नं. ५ का वडा अध्यक्ष अर्जुन पान्डे, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि तगायतको उपस्थितिमा लालटिनको उज्यालोमा कृति समिक्षा गरिएको थियो ।

कृति समिक्षा प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, ह्रास शर्मा, ऋषि केशव भारदवाजले गर्नुभएको थियो । कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य लंक हमाल, प्रदेश सभा सदस्य अर्जुन कुमार केसिको प्रमुख अथित्यतामा,व्यापार संघ कपिलबस्तुका माहासचिव जगत पौडेलको स्वागत मन्तब्यमा सर्वसमाज उत्थान मञ्च कृष्णनगरका उपाअध्यक्ष मिर्जा असरद वेगको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संचालन दलित मानव अधिकार निगरानि समिति अध्यक्ष मिना परियारले गर्नु भएको थियो ।

थप समाचार