१३ औँ साग : फाइनल खेलमा नेपालको सुरुवाती अग्रता

प्रकाशित मिति:

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा नेपालले सुरूआती अग्रता लिएको छ ।

मंगलबार त्रिपेरेस्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले सुरूआती अग्रता लिएको हो । खेलको १७ औं मिनेटमा नेपालका लागि सात नम्बर जर्सीका खेलाडी अभिषेक रिजालले पहिलो गोल गरेका हुन् । १३ औं सागमा यो उनको तेस्रो गोल हो । यसअघि नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो ।