भारतीय कमेडियन कपिल शर्मा बने छोरीका बुबा

प्रकाशित मिति:

बुटवल – सानो पर्दामा भारतभर लोकप्रिय कमेडियन कपिल शर्मा बाबु बनेका छन् । उनकी पत्नी गिन्नी चतरथले छोरी जन्माएकी हुन् । कपिल शर्माले ट्वीटरमा मार्फत यो खुशीको खबर आफ्ना फ्यानसँग शेयर गरेका छन् ।

उनले गतवर्ष डिसेम्बरमा बिहे गरेका थिए । उनले केही महिनाअघि आफू बाबु बन्न लागेको कुरा खुलासा गरेका थिए । कपिल बाबु बनेपछि उनका फ्यान र कैयन् सेलिब्रेटीले बधाई दिएका छन् ।