१३ औँ साग : नेपाललाई २-१ गोलको अग्रता

प्रकाशित मिति:

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा नेपालले २-१ गोलको अग्रता लिएको छ ।दोस्रो हाफमा ५४ औं मिनेटमा नेपालका लागि सुनिल बलले गोल गरेका हुन् । मंगलबार त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि सुनिल बलले दोस्रो गोल गरेका हुन् । यसअघि खेलको १७ औं मिनेटमा अभिषेक रिजालले पहिलो गोल गरेका थिए ।

खेलको ३८ औं‌ मिनेटमा भुटानले जवाफी गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो । भुटानका लागि कप्तान चेम्भो ग्याल्चेनले नेपाललाई बराबरी गोल फर्काएका थिए । यसअघि नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो । नेपाल १२ औं सागको स्वर्ण विजेता हो । नेपालले १२ औं सागमा भारतको भूमिमा भारतलाई नै पराजित गर्दै स्वर्ण जितेको थियो । भारत यस संस्करणको फुटबलमा सहभागी छैन ।