विश्वकै कान्छी प्रधानमन्त्री सान्ना मारिन भन्छिन -फिनल्याण्डलाई बाल-वृद्ध बाँच्न सक्ने देश बनाउँछु

प्रकाशित मिति:

एजेन्सी – फिनल्यान्डमा गठबन्धन सरकारको नेतृत्वमा पुगेकी सान्ना मारिनले फिनल्याण्डलाइ बाल-वृद्ध बाँच्न सक्न देश बनाउने बताएकी छिन् । प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेलगत्तै उनले भनेकी छन्- “चार वर्षमा सबैकुरा समाप्त हुनेछैन । अहिले भएभन्दा केही राम्रो हुनेछ । हामीले काम गरिरहेका छौैं ।

म यस्तो समाज निर्माण गर्न चाहन्छु । जहाँ प्रत्येक बाल, वृद्धहरू मानवीय तरिकाले हुर्कन र बाँच्न सक्नेछन् ।” सोसल डेमोक्रेटिक पार्टीबाट यातायात मन्त्री रहेकी मारिन प्रधानमन्त्री अन्टी रिन्नेले छोडेपछि नेतृत्वमा छनोट भएकी हुन् । ३४ वर्षीया सान्नाले यसै साता प्रधानमन्त्रीको शपथ लिने सम्भावना छ । उनले सेन्ट्रल लेफ्ट कोलिसनमा सामेल ५ पार्टीको नेतृत्व गर्दै छिन् । युक्रेनका प्रधानमन्त्री ओलेक्सी हाचारुक ३५ वर्षका छन् न्युजिल्यान्डकी प्रधानमन्त्री जाकिन्दा अर्डेनको उमेर ३९ वर्ष हो ।