प्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

२४ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
41 Shares


काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन्।स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली मंगलबार साँझ सवा सात बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन्।प्रधानमन्त्री ओलीले गत मंसिर १० मा मनमोहन कार्डियोथोरासिस सेन्टरमै एपेन्डिसाइटिसको शल्यक्रिया गराएका थिए। प्रधानमन्त्री ओलीका लागि मनमोहन

कार्डियोथोरासिस सेन्टरको सीसीयुको एक नम्बर क्याबिन खाली गराइएको छ।यसअघि प्रधानमन्त्री ओली अस्पताल आउने भएपछि चिकित्सकहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको थियो। अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको मंगलबार राति मिर्गौलाको डायलासिस पनि हुने र सम्भवतस् एक रात अस्पतालमै राखिने छ।यसअघि एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओली १० दिन लामो अस्पताल बसाइपछि मंसिर १९ गते डिस्चार्ज भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?