साग अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जित्यो

२४ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
32 Shares


काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद  साग अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ।मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराउदै स्वर्ण पदक जितेको हो।नेपालका लागि खेलको १७ औं मिनेटमा अभिषेक रिजालले गोल गरेका थिए।

खेलको ३७ औं मिनेटमा भुटानी टोलीका कप्तान चेन्चो ग्याल्सेनले दर्शनीय गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। चेन्चोको स्पिड र सटिक प्रहारलाई नेपाली रक्षापंक्ती र किपरले रोक्न सकेको थिएन। भुटानले पनि केही राम्रा आक्रमणको प्रयास गरेको भए पनि नेपाली रक्षापंक्तीका खेलाडीहरु रोकेका थिए।खेलको ५३औं मिनेटमा सुनिल बलले टाउकोले दर्शनीय गोल गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया