बलात्कारीलाई मृत्युदण्डको सजाय दीनु पर्छ : देउवा

प्रकाशित मिति:

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बलात्कारीलाई मृत्युदण्ड दिने गरी कानुन बनाउनु पर्ने बताएका छन्। मंगलबार महिला हिसा विरुद्धको विश्वव्यापी १६ दिने अभियानको अवसरमा केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजना गरेको ुमहिला विरुद्ध हिंसा विषयक विचार गोष्ठिु मा बोल्दै उनले पछिल्लो समय बढ्दै गएको बलात्कारका घटना नियन्त्रण गर्न कडा कानुन आवस्यक रहेको धारणा राखेका हुन्। बलात्कारका घटना नियन्त्रण गर्न अव कडा कानुनको आवस्यकता छु, देउवाले भने, बलात्कारीलाई मृत्युदण्ड दिनेगरी कानुन संशोधन गर्नुपर्छ।देउवाले १८ महिना अघि बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका हत्यारा अझै पत्ता लगाउन नसक्नु सरकारको निरिहता भएको पनि बताए । निर्मला पन्तको बलात्कारपछि हत्या भएको छु, देउवाले भने, ुतर दोशीहरु अझै पक्राउ पर्न नसक्नु सरकारको कति लाचारिपन हो देउवाले कांग्रेस महिलामाथि हुने सबै प्रकारका विभेद र हिंसाको विरोधी भएको बताउदै महिला हिंसा विरुद्धको कानुनमा थप कडाई गर्न आवस्यक रहेको पनि बताए । उनले महिला हिंसा रोक्न सरकारले कुनै तत्परता नदेखाए कांग्रेसले निजि विधेयक संसदमा दर्ता गरेर भएपनि महिला हिंसा अन्त्यको पहल गर्ने प्रतिवद्धता पनि जनाए।

कार्यक्रममा कांग्रेस उपसभापति एवं प्रतिष्ठनका संयोजक विमलेन्द्र निधिले कांग्रेस सबै खालका विभेदको विरुद्ध नेतृत्व गर्न तयार रहेको भन्दै महिला हिंसा विरुद्धको अभियानमा सधै अग्रपक्तिमा हुने बताए । हामी महिला हिंसा रोक्न कस्तो कानुन बनाउन आवस्यक छ त्यसको नेतृत्व गर्न तयार छु, निधिले भने, सभापतिजीले भनेझै आवस्यक परे निजि विधेयक संसदमा दर्ता गरेर कांग्रेस अघि बढ्ने छ।उक्त कार्यक्रमकी संयोजक एवं प्रतिष्ठानका सदस्य डा। आरजु राणा देउवाले नेपाली कांग्रेस स्थापनादेखिनै महिला हिंसाको विरोधमा रहेको बताउर्दै विश्वव्यापी महिला हिंसा विरुद्धको १६ दिने अभियानमा महिला हिंसाको विरुद्धको विषयमा पार्टीले कार्यक्रम आयोजना गरेर धन्यवादको पात्रा भएको बताईन्। ुनेपाली कांग्रेस स्थापनाकै बेला हाम्रा नेता वीपी कोइरालाले महिलालाई अधिकार दिनुपर्छ भन्ने वकालत गर्नु भएको थियोु, उनले भनिन्, ुमहिला हिंसाको विरुद्धको विश्वव्यापी अभियानकैक्रममा महिला हिंसा विरुद्धको कार्यक्रम गर्ने नेपाली कांग्रेस पहिलो पार्टी हो । महिला हिंसा रोक्न अव पार्टीले नेतृत्वदायी भूमिका खेल्नु पर्छ। उनले महिला हिंसा विरुद्ध कार्यक्रम राख्न आफुले गरेको प्रस्ताव पार्टीले स्विकार गरेर अयिभानमा साथ दिएको पनि बताईन्।कार्यक्रममा उनले सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको नाताले कांग्रेसले समाजका सबै खालका विकृति र विभेदको अन्त्य गर्न नेतृत्वदायी भूमिका निभाउनु पर्ने बताईन । उनले १५ बर्ष अघि आफुहरुले महिला हिंसा विरुद्ध काम गर्दा र अहिले हिंसाका स्वारुप फेरिएको पनि बताईन । १५ बर्ष अघि हामीले महिला हिंसा सुरु गर्दा एसिड आक्रमण भन्ने थिएनु, उनले भनिन्, अहिले यो सबैभन्दा खतरानाक हिंसा भएको छ।