लघुबित्त बित्तीय संस्थाहरुको स्थानीय सरकार संग अन्तरक्रिया

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली/दाङ-दाङ देउखुरीमा कार्यरत लघुबित्त बित्तीय संस्थाहरुले स्थानीय सरकार संग अन्तरक्रिया कार्यक्रम सुरु गरेका छन् ।दाङ देउखुरीका दश पालिकाहरुका गरिने अन्तरक्रिया कार्यक्रमको पहिलो दिन राप्ती गाउँपालिकाका कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुसंग ग्रामिण अर्थतन्त्रको बिकासमा लघुबित्त बित्तीय संस्थाले खेल्न सक्ने भुमिका विषयमा अन्तरक्रिया गरिएको छ ।ग्रामिण अर्थतन्त्रको बिकासमा लघुबित्त बित्तीय संस्थाले खेल्न सक्ने भुमिका कस्तो हुनुपर्छ, हाल सम्म लघुबित्त बित्तीय संस्थाले कस्तो भुमिका निर्वाह गरेका छन् र समाजमा लघुबित्त बित्तीय संस्थाको प्रभाव सकारात्मक वा नकारात्मक भन्ने विषयलाई प्राथमिकतामा राखी मंगलवार अन्तरक्रिया गरिएको हो ।

एन आइ सि एसिया लघुबित्त बित्तीय संस्थाका शाखा प्रवन्धक सुनिल पण्डितको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, स्वावलम्बन लघुबित्त बित्तीय संस्थाका क्षेत्रीय प्रवन्धक मोहित नारायण यादव, नेशनल लघुबित्त बित्तीय संस्थाका अनुगमन अधिकृत मदन रिजालको विशिष्ठ आथित्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा आयोजकको तर्फवाट गुणस्तरीय लघुबित्त कार्यक्रम ग्रामीण अर्थतन्त्रको बिकासमा एक महत्वपुर्ण औजार हुन सक्नेमा जोड दिईएको छ ।दाङ देउखुरीमा कार्यरत लघुबित्त बित्तीय संस्थाहरुले यस क्षेत्रको समग्र विकास र गरिवि निवारण संगै महिलाहरुको क्षमता अभिबृद्धिमा भुमिका खेलेको बताईएको छ ।लघुबित्त कार्यक्रमको सहज र सरल कर्जा लगानीले ग्रामिण उद्यमशीलताको बिकास को लागि सघाउ पुराउदै आर्थिक परामर्सदाता, सहजकर्ताको भुमिका खेलेको, सामान्य तालिम प्रदान गरि सीप र क्षमताको अभिबृद्धि गराएको दुर्घटना, पशु, बाली, स्वास्थ्य, ब्यबसाय बिमा गरि सुरक्षा प्रदान गराएको बचत गर्ने बानीको बिकास गरि पुंजी निर्माणमा सहयोग गराएको कारण ग्रामिण उत्पादनमा बृद्धि, पारिवारीक आम्दानीमा बृद्धि, खर्च गर्न सक्ने क्षमतामा बृद्धि, गुणस्तरीय शिक्षाको लागि लगानी गर्न सक्ने क्षमताको बिकास, क्षमता बृद्धिमा लगानी गर्न सक्ने क्षमताको बिकास ग्रामिण जिवनको गुणस्तरीयता बृद्धि हुने अन्तरक्रिया कार्यक्रममा जानकारी गरिएको छ ।

इन्फिनिटी लघुबित्त बित्तीय संस्था शाखा प्रवन्धक बिमला भण्डारीको स्वागत तथा अन्तरक्रिया कार्यक्रमको उदेश्यको बारेमा लक्ष्मी लघुबित्त बित्तीय संस्थाका शाखा प्रवन्धक रुपेश जोशी द्धारा जानकारी गरिएको कार्यक्रममा मेरो माक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाका शाखा प्रवन्धक सतिस पौडेलले लघुबित्त कार्यक्रमको परिचय र स्वाववलम्बन लघुबित्त बित्तीय संस्थाका शाखा प्रवन्धक सुमन श्रेष्ठले ग्रामिण अर्थतन्त्रको बिकासमा लघुबित्त बित्तीय संस्थाले खेल्न सक्ने भुमिकाका बारेमा सहभागीहरुलाई प्रस्टाउनु भएको थियो ।राप्ती गाउँपालिकाका कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुसंग ग्रामिण अर्थतन्त्रको बिकासमा लघुबित्त बित्तीय संस्थाले खेल्न सक्ने भुमिका विषयमा गरिएको अन्तरक्रियामा राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरी, वडा अध्यक्ष तार डिसी, जगत बहादुर थापा, बेद प्रसाद चौधरी, लिला शाह, पुष्पा पुलामी पाण्डे, अनुगमन अधिकृत मदन रिजाल लगायतले आफ्ना विचार ब्यक्त गर्नु भएको थियो ।बंगलादेशी नागरिक मोहम्मद युनुशले सुरु गरेको लघुवित्तको कार्यक्रमलाई नेपालमा डा।हरिहर देव पन्तले निर्धन उत्थान बैंकको स्थापना मार्फत लघुवित्त सेवाको थालनी अगाडी बढाएका हुन् । सन् १९५० को दशकदेखि नै लघुवित्तको ढाँचामा वित्तीय सेवा प्रदान गर्दै आएको भएतापनि सन् २००० को दशकबाट औपचारिक रुपमा लघुवित्त कार्यक्रमको शुरुवात भएको मानिन्छ ।लघुवित्तको सेवालाई लघुवित्त संस्थाहरुले लघु बचत, लघु कर्जा, लघु बीमा र बिप्रेषणको रुपमा अघि बढाईरहेका पाईन्छ । सामूहिक भावनाको विकास, उद्यमशीलताको विकास, एकल पारिवारिक निर्भरताको न्यूनीकरण, बिदेश पलायन हुने दरमा कमी, रोजगारीको अवसर, स्रोत र साधनको उच्चतम उपयोग, बैंकिङ पहुँचमा बृद्धि ल्याएको लघुवित्त संस्थाहरु दावी छ ।समाजमा लघुवित्त संस्थाहरुको बारेमा कहि कतै नकारात्मक भावनाको समेत विकास भएकोमा त्यस्ता भावना र हुन सक्ने दुर्घटना बाट सबैलाई बचाउन संस्थाहरुले वित्तीय साक्षरताको बृद्धि, लघुवित्त संस्थाहरुको अस्वस्थ प्रतिस्पर्धामा रोक, लघुवित्त सेवाहरुमा विविधिकरण, सरोकारवाला निकाहरुसँग समन्वयको गतिमा बृद्धि, सामूहिक भावनामा बृद्धि, दण्डहीनतामा कमी र कर्मचारीको सक्षमता तथा ईमान्दारीतामा बृद्धिगर्दै लगेको पाईन्छ ।ग्रामिण अर्थतन्त्रमा लघुबित्त बित्तीय संस्थाले आर्थिक बृद्धि,दिगो बृद्धि, निरपेक्ष गरिवीको रेखामुनी रहेका जनसंख्याको न्युनीकरण, मानव बिकास सुचकांक, लैंगिक बिकास सुचकांक, साक्षरता, स्वच्छ उर्जाको प्रयोग, शैक्षिक विकासमा योगदान, बेरोजगार न्युनीकरण, सदस्यले लिएको कर्जाको बीमा संरक्षण जस्ता भुमिका खेल्न सक्ने समेत अन्तरक्रिया कार्यक्रममा जानकारी गरिएको छ ।सबै प्रयासको एउटै उद्देश्य संख्यात्मक रुपमा बलियो लघुवित्त वित्तीय संस्था बनाई जन उत्तरदायी लघुवित्त सेवाको सुनिश्चितता कायम गर्न जनताको जीवनस्तरका बृद्धि, उद्यमशीलताको विकास, सामाजिक सुव्यवस्था कायम, सुखी र सम्पन्न नेपाली, आपसी सहयोग, समन्वय र सद्भावमा बृद्धि गर्ने लक्ष्य अनुरुप लघुबित्त बित्तीय संस्थाहरुले लक्ष्य लिएको जानकारी गरिएको छ ।