के हो आँखा सुख्खापनको समस्या

२५ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
13 Shares


जतिबेला आाखामा आँसुले पर्याप्त आद्रता दिन सक्दैन, अनि सुख्खा हुदै जान्छन् । आँखामा उत्पादन हुने आँसुको मात्रा र गुणस्तरले आँखाको सतहलाई प्रशस्त चिप्लो बनाउन नसक्नु नै आँखाको सुख्खापनको समस्या हो ।हुन त बढ्दो उमेरसंगै यो अवस्था आउने भएपनि आजभोली प्रदुषण, धुवाँधुलो र इलेक्ट्रोनिक ग्याजेटको अत्यधिक प्रयोगसगै यो समस्या बढदै गएको छ । उच्च रक्तचाप,एटिथिस्टेमाइस,हार्मोन रिप्लेसमेट थेरापी, उदासी रोगको, डन्डिफोर आदीको अत्यधिक औषधीको दुष्प्रभावले समेत यो समस्या बढ्दै गएको देखिन्छ ।

लक्षण

आँखा विझाए जस्तो हुने
आँखामा केहि छिरेको जस्तो हुने
आँखा पोल्ने,
आँखा चिलाउने
जतिबेला पनि आाखा मिच्न मन लाग्ने
आँखा रातो हुने
आँखामा आँसु आउनुको साथै सुख्खापन देखिने
परेला गह्रौ भएकाृ जस्तो अनुभुति हुने
धमिलो दृष्टि समेत हुने
आँसु के हो त

आँसु बोसोयुक्त तेल, पानी र ल्श्रेष्म र १५०० प्रोटिनको मिश्रण हो । यसले आँखाको सतहलाई चिप्लो बनाउनुको साथै वातावरण र किटाणुको संक्रमण बाट जोगाउछ । यसले आँखाको पुतलीलाई सफा गर्नुको साथै आँखामा आँसुले चिप्लो र ओसिलोपना कायम राख्छ ।हरेकपल्ट आँखा झिम्काँउदा आँसु पुतलीको चारैतिर बग्ने गर्छ । यसले आँखाको कोष पोषिलो बन्छ । र आँसुको एकपत्रले आँखालाई दुषित वातावरणबाट जोगाइराख्छ ।आँसुको संरचना परिवर्तन हुँदा वा ग्रन्थीले प्रशस्त आँसु उत्पादन नर्गदा आँखाको दृष्टि प्रभावित हुन्छ ।

उपचार – नक्कली आँसुको थोपा राख्ने
प्रदूषित ठाँउमा आँखा छोप्ने, चस्मा लगाउने
आँखाको सरसफाई गर्ने
ग्याजेट, मोवाइलर कम्प्युटरको प्रयोग गर्दा १÷१ घण्टामा काम छोडेर निरन्तर केहि सेकेन्ड झिम्काइरहने
२÷३ घण्टा निरन्तर स्क्रिन हेर्दा बीचबीचमा मुख धुने
लामो समय सम्म मोवाइल टीभी नहेर्ने
मोवाइल टीभ हेर्दै गर्दा विश्राम लिने
वजारमा पाइने भिस्कस आई ड्रपको उपयोग

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?