यस्तो छ भगवदगीताको अस्तित्व

२५ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
418 Shares


त्रेता युगादौ च ततो विवस्वान्मनवे ददौ ।मनुश्च लोकभृत्यर्थं सुतायेक्ष्वाकवे ददौ ।इक्ष्वाकुणा च कथितो व्याप्य लोकानवस्थितः ॥त्रेता युगको सुरुमा परमेश्वरसँग सम्बन्धित यो विज्ञानको उपदेश विवस्वानले मनुलाई दिए । मनुष्य जातिका पिता मनुले फेरि यो ज्ञान आफ्ना छोरा महाराज इक्ष्वाकुलाई दिए । इक्ष्वाकु यो भूमण्डलका राजा थिए र यिनै इक्ष्वाकु रघुवंशका पुर्खा हुन् । त्यसै वंशमा पछि भगवान् रामचन्द्रले अवतार लिनुभयो । त्यसैले मानवसमाजमा भगवदगीताको अस्तित्व महाराज इक्ष्वाकुकै समयदेखि विद्यमान थियो।अहिले कलियुगको ४,३२,००० वर्षमध्ये केवल ५००० वर्ष मात्र हामीले बितायौं । योभन्दा अगाडि ८,००,००० वर्षको द्वापर युग थियो र त्योभन्दा पूर्व १२,००,००० वर्षको त्रेता युग थियो । यसरी हेर्दा करीब २०,०५,००० वर्ष पूर्व मनुले आफ्ना छोरा तथा शिष्य इक्ष्वाकुलाई यो भगवद्गीताको उपदेश दिएका थिए । त्यति बेला इक्ष्वाक पृथ्वीका राजा थिए । अहिलेका वर्तमान मनुको पूर्ण आयु लगभग ३०,५३,००,००० वर्षको भएको अनुमान गरिन्छ । र त्यसमा १२,०४,००,००० वर्ष त बितिसके । अझ मनुका भन्दा अगाडि नै भगवानले आफ्ना शिष्य विवस्वान् सूर्यलाई यो गीता सुनाउनु भएको थियो ।यसबाट एउटा मोटामोटी अनुमान के गर्न सकिन्छ गीता आजभन्दा कम्तीमा १२,०४,००,००० वर्षअघि भनिएको शास्त्र हो।

यो गीता मानवसमाजमा आजभन्दा २०,००,००० वर्ष अघिदेखि विद्यमान छ र आजभन्दा ५००० वर्षअघि भगवानले अर्जुनलाई फेरि त्यही गीता शास्त्रको उपदेश दिनुभयो । गीताकै अनुसार वा गीताका वक्ता भगवान् कृष्णको कथनअनुसार नै यसरी गीताको इतिहासको मोटामोटी अनुमान गरिएको हो । सूर्यदेव विवस्वान् क्षत्रिय भएकाले उनलाई गीता सुनाइएको हो। यी विवस्वान् सम्पूर्ण सूर्यवंशी क्षत्रियहरूका पिता हुन् । भगवद्गीता पनि वेद जत्तिकै हो । स्वयं भगवानको मुखारविन्दबाट भनिएको हुनाले यो पनि अपौरूषेय ९विकार रहित० ज्ञान हो, वैदिक उपदेशहरूलाई कुनै सांसारिक विवेचना नगरीकन जस्ताको तस्तै स्वीकार गरिन्छ तसर्थ गीतालाई पनि कनै सांसारिक विवेचना नगरी स्वीकार गर्नुपर्दछ । सांसारिक तार्किक व्यक्तिहरू आफ्नो आफ्नो किसिमले गीताका विषयमा चिन्तनमनन गर्न सक्दछन् तर यसरी चिन्तन गरेर बनाइएको ग्रन्थ जस्ताको तस्तै गीता हुन सक्दैन । त्यसैले गुरुशिष्य परम्परामा रहेर गीतालाई जस्ताको तस्तै रूपमा स्वीकार्नुपर्दछ । यहाँ भनिएको छ  यो गीताको ज्ञान सर्वप्रथम भगवानले सूर्यदेवलाई दिनुभयो । सूर्यदेवले आफ्ना छोरा मनुलाई यो ज्ञान प्रदान गरे र मनुले पनि यो गीताज्ञान आफ्ना छोरा इक्ष्वाकुलाई दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया