जापानको होकाइदो शहरमा ड्रोनको माध्यमबाट पत्रिकाको डेलिभरी गेर्न कार्यको परिक्षण

प्रकाशित मिति:

शुक्रवार जापानको होकाइदो शहरमा ड्रोनको माध्यमबाट पत्रिकाको डेलिभरी गेर्न कार्यको परिक्षण गरिएको छ । यसै महिनाको शुरुआतमा शक्तिशाली भूकम्पको चपेटामा आएको यस क्षेत्रबारे सूचना सम्प्रेषणका लागि ड्रोनको सहायता लिइएको हो ।

१० ओटा होक्काइदो सिम्बुन पत्रिका बोकाएर उडाइएको ड्रोनको एक समूहले २ सय मिटरको यात्रा एक मिनेटमा तय गरेको थियो । यस क्षेत्रमा आएको भूकम्पका कारण त्यहाँको जनजीवन प्रभावित बनेको थियो । डिजिटल सेवा र टेलिभिजन लगायतका सेवा अवरुद्ध भएका कारण त्यहाँका अधिकांश मानिसहरु सूचनामाथिको पहुँचबाट टाढा बनेको बताइएको छ । कुनै पनि विपत्ति आइपर्दा पत्रिका सूचना आदान प्रदानको एक महत्वपूर्ण पूर्वाधार भएका कारण हामीले सफलतापूर्वक पत्रिका डेलिभरी गर्न पाएकोमा एकदमै हर्षित बनेका छौं होकाइदो सिम्बुनको वितरण विभागका प्रमुख ताकुमा बन्नोले भने । यो परिक्षणको बारेमा भूकम्पअघि नै योजना बनेको बताइएको छ ।