वेदको ज्ञान ,अविनाशिताको प्रमाण

२५ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
45 Shares


वेदको शाब्दिक अर्थ हुन्छ ज्ञान । त्यस्तो ज्ञान न कहिल्यै मर्छ, न जीर्ण हुन्छ, न त पुरानो नै हुन्छ । वेद भनेको त्यस्तो सनातन ज्ञान हो जो नित्य छ, शास्वत छ र अपरिवर्तनीय छ । यो कुरा सर्वविदितै छ कि जुन कुरा नित्य छ त्यो कुरा नै सत्य छ र त्यो सत्य नै ज्ञान हो, वेद हो । संसारमा धेरै किसिमका धर्महरु प्रचलनमा छन । ती सबैका आफ्नै धर्मग्रन्थहरु पनि छन । ती सबै मध्ये वेद नै एकमात्र यस्तो ज्ञान हो जुन सार्वभौम छ र सत्य छ । वास्तवमा वेदलाई हिन्दूले मात्र हैन अपितु प्रो। म्याक्समूलर, जकालियट, काउन्ट म्याग्नस, सोपेन्हावर, थोरो, पौल डुसन जस्ता विद्धानहरुले पनि मुक्तकण्ठले प्रशंसा गरेका छन । त्यस्तै मुस्लिम विद्धान फैजि, बुल्लाशाह, मन्सुर, दारासिकोह, अब्दुल्लाह तारिक आदिले पनि यसलाई प्रथम परमात्माको वचन मानेका छन ।

वास्तवमा कुनै पनि किसिमको पूर्वाग्रह नराखीकन भन्ने हो भने यो कुरा सिद्ध हुन्छ कि केवल वेदमात्र एउटा यस्तो सनातन ग्रन्थ हो जुन कहिल्यै पनि नाश हुँदैन । यसको स्वरुप नै अविनाशी छ । हाम्रै हिन्दुधर्मकै अन्य ग्रन्थहरु पनि कल्पअनुसार परिवर्तन हुन सक्छन । हाम्रा पुराण, रामायण र महाभारत जस्ता ग्रन्थहरुमा कल्पअनुसारको कथा पाइन्छ र फरक फरक घटनाको वर्णन पाइन्छ तर वेद नै एउटा यस्तो ग्रन्थ हो, जसलाई काल, खण्ड, कल्प, घटना इत्यादि कुराले फरक पार्दैनन किनकि वेद कुनै कथा हैन अपितु यो त ज्ञान र अविनाशी मन्त्रहरुको एउटा यस्तो महासागर हो जसको कुनै पिँध छैन, सीमा छैन ।वेद परमात्माको वचन हो । तस्मााद्यज्ञात् सर्वहुता ऋचः सामनि जज्ञिरे ।

छांदासि जज्ञिरे तस्माद्यजुस्तस्मादजायत ।। यजुर्वेद, ३१ । ७ यज्ञपुरुष परमात्माबाट नै ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद प्रकट भयो ।नियमित कर्महरु वेदबाट प्रकट भएका हुन् र वेद साक्षात् परमात्माबाट प्रकट भएको हो भन्ने बुझ । गीता ३ । १५ प्रसिद्ध वेद जसको  परमात्मा  वाणी हो ।मुण्डकोपनिषद २.१.४ ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद यो चार वेदहरु परमात्माले श्वास जसरी नै प्रकट गरे । शतपथब्राम्हण १४।५।४।१०। अन्ति संन्त न जहात्यन्ति सन्तं न पश्यति । देवस्य पश्य काव्यं न ममार न जीइति ।। अथर्ववेद, १०।८।३२वरुणदेव  ईश्वरको नियम कहिल्यै पनि परिवर्तन हुँदैन । ऋग्वेद, १।२४।१० यी माथिका यावत प्रमाणहरुबाट वेदको अविनाशीतालाई सिद्ध छ । यो बाइबल र कुरान जस्तो कथैकथा भएको पुस्तक हैन जुन निश्चित समयका लागि मात्र तयार गरिएको होओस, अपितु यो त सार्वभौम ज्ञान हो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?