विश्वात्मा भगवान सदाशिवको उपासना

२५ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
3K Shares


भगवान शिव गुरु हुनुहुन्छ, शिव देवता हुनुहुन्छ, शिव नै प्राणिहरुको बन्दु हुनुहुन्छ, शिव नै आत्मा र शिव नै जिव हुनुहुन्छ । शिव भन्दा दोस्रो केहि छैन । भगवान शिवको उद्देश्यले जे दान, जप र होम गरिन्छ, उसको फल अनन्त हुन्छ । यही समस्त शास्त्रको निर्णय हो । त्यही जिव सफल हुन्छ, जो भगवान शिवको स्तुती गर्दछ । त्यही मन सार्थक हुन्छ, जो शिवको ध्यानमा मग्न हुन्छ । त्यही कान सफल हुन्छ, जो शिवकै कथा श्रवण गर्नमा उत्सुक रहन्छ । र त्यही दुइ हात सार्थक हुन्छ जुन भगवान शिवजीको पुजा गर्दछ । त्यही नेत्र धन्य हुन्छ, जो भगवान महादेवजीको पुजाको दर्शन गर्दछ । त्यही मष्तस्क धन्य हुन्छ जो शिवको सामुने झुक्दछ । त्यही पाउ हरु धन्य हुनेछन जो भक्तिपूर्वक शिवको क्षेत्रमा सदा भ्रमण गर्दछ ।

जसको सम्पुर्ण इन्द्रिय भगवान शिवको कार्यमा लागी रहेको हुन्छ उहि संसार सागरबाट पार हुनेछ र भोग तथा मोक्ष प्रााप्त गर्दछ । जसको हृदयमा भगवान शिवको लेशमात्र पनि भक्ति हुन्छ त्यही महापुरुष समस्त देहधारिहरुको लागी वन्दनीय हुन्छ ।शिव को अर्थ कल्याण हुन्छ,शुभ र मंगलयुक्त हुन्छ । जीवनलाई पुर्णता दिनलाई शिवनै अग्रणी हुनुहुन्छ किनकि भोग र मोक्ष दुवै प्रदान गर्ने शिव  औघडदानी हुनुहुन्छ । सबैपाप बाट मुक्त गराएर जो क्षण भरमै भक्तलाई अभय वर दिनुहुन्छ, आशुतोष हुनुहुन्छ, जो भक्तको इच्छा पुर्ण गर्नमा अग्रणी हुनुहुन्छ, त्यसैले ईश्वर  शंकरलाई  भोगश्च मोक्षश्च करस्थ एव  भनेर भनियको छ ।सर्वव्यापक हुँदाहुँदै पनि कहीँ कसैलाई देखिनुहुन्न,यस्ता परब्रह्म परमेश्वर महादेवको गुणको वर्णन गर्न असमर्थ छु । यस्ता परमेश्वर शंकरलाई कोटि-कोटि नमन ।

असित गिरिसमं स्यात्कज्जलं सिन्धुपात्रे

सुरतरुबरशाखा लेखिनी पत्रमुर्वी ।

लिखित यदि गृहीत्वा शारदा सर्वकालं

तदपि तव गुणानामीश पारं न याति  ।।

अर्थात यदि सम्पुर्ण सागरको मसी बनाएर समस्त वन जंगलको लेखनीले शारदाले जीवनभर परब्रह्म पशुपतिनाथ परमात्मा को गुण लेखे पनि हजुरको गुणको वर्णन गर्न असम्भव हुन्छ ।पशुपतिनाथ परमात्माले हामि सवैको कल्याण गरुन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • १५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुँदै गुल्मीमा
  • अग्रज पत्रकार सेनानी गुप्ता रहेनन्
  • यि उपायले सजिलै भाग्छन् साङ्ला
  • लमहीमा डायलाईसिस सेन्टर शुभारम्भ गर्ने तयारी
  • युवा नेतृत्व विकास कार्यक्रममा छनोट भएकी छिन् नेविसंघ नेता बराल
  • मुसिकोट नगरपालिकालाई देशकै नमुना नगरपालिकाको रुपमा विकास गर्नुपर्छ :अध्यक्ष तिमिल्सिना
  • पत्रकार के.सी.ले दिए मुसिकोटका विद्यार्थीलाई स्वीटर
  • रामनगर एकेडेमीले मनायो १३औ बार्षिक उत्सव एवं अभिभावक दिवस
  • अक्षर एकेडेमीले मनायो अभिभावक दिवस
  • अक्सफोर्डद्वारा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न