ज्वालामुखी सक्रिय हुँदा बेपत्ताको खोजीमा अवरोध

२५ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
14 Shares


एजेन्सी  – न्युजिल्याण्डको ह्वाइट आइल्याण्ड ज्वालामुखीमा निरन्तर सक्रिय रहेको छ । भूगर्भिक गतिविधि सक्रिय हुँदा बेपत्ताहरुको खोजी कार्यमा असर गरेको छ ।बेपत्ता रहेको ८ जनाको खोजीमा संलग्नहरु आफ्नो कार्य रोक्न बाध्य भएका छन् ज्वालामुखीजन्य गतिविधि सक्रिय रहेका कारण ।न्युजिल्याण्डमा ज्वालामुखी बिस्फोट हुँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । अरु ८ जना हराइरहेका छन् ।न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा रहेको ज्वालामुखी सोमबार बिस्फोट भएको हो ।

बिस्फोटको केही अघि पर्यटकहरु सो क्षेत्रमा गएका थिए । ज्यान गुमाउनेहरु सो क्षेत्रको भ्रमणमा गएका पर्यटक हुन् ।३४ जनाको सो क्षेत्रबाट सकुशल उद्धार गरिएको छ । २५ जना अहिले पनि अस्पतालमा छन्, उनीहरुको उपचार जारी रहेको जनाइएको छ । बेपत्ता रहेका ८ जनालाई जीवितै उद्धार गर्न सक्ने सम्भावना सकिएको अधिकारीले बताएका छन् ।व्हाकारी समेत भनिने ह्वाइट आइल्याण्ड नर्थ आइल्याण्डको तटीय क्षेत्रमा पर्छ । यो न्युजिल्याण्डको सक्रिय ज्वालामुखी मध्ये एक हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?