सामाजिक संजाल मार्फत १७ करोड ठगी गर्ने गिरोह पक्राउ

प्रकाशित मिति:

काठमाडौँ – सामाजिक संजालको माध्यमबाट ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई विदेशी नागरिकसहित चार जना नेपाली रहेका छन् । उक्त गिरोहलाई परिचलन गरिरहेका बेलाएतका स्मिथ मोरिस र नाइजेरियाका पिटरसहित नेपाली एजेन्टका नाइके रमेश खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले फेसबुक, ह्वाट्सएप जस्ता विभिन्न समाजिक संजालमार्फत ठगी गर्ने गरेको खुलासा भएको छ ।

गिरोहले नेपालका ठूला बैँकहरुलाई आफ्नो निसाना बनाएको अनुसन्धाबाट खुल्न आएको छ । यो समूह हालसम्म नेपालको कृषी बिकास बैँक र पानस रेमिटमा ठगी गरेको प्रहरीले बताएको छ । गिरोहले करिब १७ करोड रुपैँया ठगी गरेको प्रहरीले जनाएको छ । यस्तै, सनराइज बैँक, प्रभु बैँक र अन्य थुप्रै बैँकहरु गिरोहको निसानमा रहेको खुलेको छ । यो गिरोह चिन, बेलाएत, भारत, पाकिस्तान जस्ता विभिन्न देशहरुमा रहेको अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ ।