अमेरिका गोलीकाण्ड : ४ घण्टा दाेहाेराे भिडन्तमा ६ को मृत्यु

प्रकाशित मिति:

एजेन्सी – अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ । अमेरिकाको न्यूजर्सीमा बन्दुकधारी र प्रहरीबीच भिडन्त भएको हो । चार घण्टासम्म चलेको भीडन्तमा एक प्रहरीसहित ६ जनाको मृत्यु भएको छ । दुई प्रहरी अधिकारीसहित तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार जर्सी शहरका दुई छुट्टा छुट्टै स्थानमा फायरिङ भएको थियो ।

आक्रमणकारी बन्दुकधारीहरु गोली हानेर कारमा चढेर फरार भएका थिए । पछिल्लो समय अमेरिकामा गोलिकाण्ड बढ्दै गएको छ । सन् २०१७ मा मात्रै झण्डै चालिस हजार मानिसको गोलाबारीमा परि मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।