पूर्व अर्थमन्त्री डा. रामशरण महतको पुस्तक सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतद्वारा लिखित पुस्तक ‘ट्रायल्स, ट्रेमोर्स एण्ड होप- द पोलिटिकल इकोनोमी अफ कन्टेम्पररी नेपाल’ सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आइएसएसआरद्वारा आयोजना गरिएको एक कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. रामवरण यादवले उक्त पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा पुस्तकका लेखक डा. महतले पुस्तकमा नेपालको अर्थ राजनीति र समकालीन परिवेशलगायतका सन्दर्भ समेटेको बताए । डा. भेषबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार कनक दीक्षितलगायतले पुस्तकमाथि टिप्पणी गरेका थिए । कार्यक्रममा डा. रविन्द्रप्रसाद पाण्डेले पनि बोलेका थिए ।
पुस्तक अंग्रेजी भाषामा प्रकाशित छ ।