लिटल स्कुल स्टार प्रदेश नम्बर ५ को उपाधी आदित्य श्रेष्ठ र तमन्ना लम्साल लाइ

प्रकाशित मिति:

प्रदेश नम्बर ५ को राजधानी बुटवलमा सम्पन भएको लिटल स्कुल स्टार प्रदेश नम्बर ५ को उपाधी बुटवलकै आदित्य श्रेष्ठ र तमन्ना लम्सालले जितेका छन्। एसपीएम क्रियशन बुटवलले आयोजना गरेको लिटल स्कुल स्टारमा ६० जनालाई पछाडि पार्दै आदित्य र तमन्नाले उपाधी जितेका हुन् ।

उपाधी विजेताले एक एक वटा साईकल, विभिन्न गिफ्टहेम्परहरु प्राप्त गरेका छन । आदित्य र तमन्नाले यस्तै प्रतियोगितामा फस्ट रनरअप ब्लेस सुवेदी र दिप्सा कर्माचार्य, सेकेण्ड रनरअपमा स्मृत खत्री र क्रिस्टीना थापा मगर, लिटल स्कुल स्टारमा गृवाण सिंह क्षेत्री, भिवर च्वाईसमा किरण जिसि, अर्गनाईजर च्वाईसमा युनेश घताने, लिसार थापा मगर विजेता बनेका हुन् । तथा चलचित्र मेरी मामु तथा आसुसेन फिल्म प्रोडक्शनसँगको सहकार्यमा गरेको कार्यक्रमका भिवर च्वाईस विजेता बनेका किरण जिसि भने थाइल्याण्ड टुर गर्न पाउने भएका छन् ।

एसपीएम क्रियशन बुटवलका अध्यक्ष पवन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कमलादेवी विश्वकर्माले बालप्रतिभालाई बाहिर निकाल्न गरिने यस्ता कार्यक्रमले बालबालिकाको क्षमता अभिवृद्धिमा ठुलो सघाउ पुग्ने बताउनुभयो । नायिका प्रियंका कार्कि र नायक आयुशमान जोशिले प्रमुख निर्णायकको भुमिका निभाएको कार्यक्रममा राजीब खनाल, दुर्गाथापा मगर, लक्ष्मण छन्ट्याल लगायतले बाल प्रतिभाको खोजिका लागि यस्ता कार्यक्रम फलदायि हुने बताउनुभयो ।

कोरियोग्राफर रेशम न्यौपानेको संचालनमा भएको कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु पनि देखाइएको थियो । साथै मुभी कल्ब नेपाल डट कमका अध्यक्ष राजीव भुसाल, नायीका प्रियंका कार्कि र नायक आयुशमान जोशिले मुभी कल्ब नेपाल डट कम बाट संचालन हुन लागेको फेशन टक सो कार्यक्रमको ब्यानर लन्च गरियो जुन कार्यक्रम कोरियोग्राफर रेशम न्यौपानेले संचालन गर्ने छन केही समय पछी उक्त कार्यक्रम मुभी कल्ब नेपालको यूट्युबबाट च्यानल बाट विश्वभर हेर्न सकिने छ ।