भोली बिहिबार देशभरी सार्वजनिक विदा दिने

प्रकाशित मिति:

काठमाडौँ – सरकारले बिहिबार देशभर सार्वजनिक विदा दिने भएको छ । २०७६ सालको लागि थप गरिएको विदाहरुको प्रस्तावित विवरणमा उधौली पर्वलाई राखिएको छ । सो विदाका लागि तत्कालीन संस्कृति पर्यटन तथा नगरिक मन्त्री स्वर्गीय रविन्द्र प्रसाद अधिकारी, शहरी विकास मन्त्री मोहम्मद इश्तियक राई र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को हस्ताक्षर रहेको छ ।

उधौली पर्व, धान्यपुर्णिमा र योमरीपुन्हि परेकोले सरकारले बिदा दिने निर्णय गरेको हो । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा मनाउने गर्छन् भने किराँत समुदायले उधौली पर्व मनाउने गर्छन् । त्यस्तै बिहिबार नै नेवार समुदायले पनि योमरी पूर्णिमा मनाउनेछन् । यी तीन पर्व बिहिबार एकैपटक परेकोले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

साथै नेपाल राजपत्रको खण्ड ६८ संख्या ५८ भाग ५ को ‘च’ मा किरात जातिको उधौली पर्व, योमरी पुन्हि-ज्यापु दिवस (मंसिर पूर्णिमा, धान्य पूर्णिमा) मंसिर २६ गते विहिबारलाई सम्बन्धित धर्म संस्कृति भौगोलिक क्षेत्र र स्थानका लागि मात्र सार्वजनीक विदा हुने उल्लेख गरिएको छ । – हाम्राकुराबाट साभार