नेपाली चलचित्रमा को हुन सहिल खान

प्रकाशित मिति:

इमरान खान,काठमाडौ  । नेपाली चलचित्र क्षेत्रको एउटा चर्चित नाम हो शाहिल खान । खान नयाँ नयाँ प्रबिधि भित्राउन र चलचित्रलाई कसरि स्तरिय बनाउन सकिने छ भनेर दिन रात लागि परिरहेका हुन्छन । दैनिक १४ – १५ घण्टा कम्प्युटरमै ब्यस्त खान फुर्सदको समयमा हलिउड चलचित्र मेकिङ्ग र तेस्को कटींग हेरी नयाँ सोच बनाइ रहेका देखिन्छन । नेपाली चलचित्र लाइ पनि अन्र्तराष्ट्रिय बजार सम्म कसरि पुर्याउन सकिन्छ भनेर लागि परिरहने खान अहिलेका अत्याधिक ब्यस्त सम्पादक हुन ।

उनि भन्दा अग्रज सम्पादक पनि नया नया कुरा सिक्न खानको अफिसमा पुग्ने गर्दछन । अहिलेका युवा क्रेटीभ खान केही समय आफनै अफिसमा र अन्यत्र पनि प्रसिक्षण दिन पुगिरहेकै हुन्छन । यस्तै नया पुस्ताहरुको आगमनले र नया सोच भएका प्राबिधिकहरुको कार्य कौशलताले नेपाली चलचित्रहरु आज अन्र्तरास्ट्रिय स्तरका बन्न थालेका छन । नेपाली चलचित्र उधोगमा नयाँ नयाँ प्रविधि र नौलो प्रयोगहरु हुन थालेका छन । आधुनिक प्रबिधीको प्रयोग संग संगै नेपाली फिल्म पनि प्राबिधिक रुपमा स्तरिय र सम्पन हुन थालको छ । पछिल्लो समय नेपाली चलचित्रलाई उच्चस्तरको बनाउनमा चलचित्र सम्पादकको ठुलो हात रहेको पाइन्छ । बदलीदो समय अनुसार नेपाली चलचित्र क्षेत्र पनि बदलिदै छ । पछिल्लो केही बर्षमा नेपाली सिने जगतले ठुलै फड्को मारेको छ । एउटा चलचित्र राम्रो हुनुमा सम्पादक को ठुलो हात हुने गर्छ । चलचित्र सम्पादन चलचित्रको एउट एस्तो अंग हो जसले चलचित्रलाई सुन्दर बनाउन ठुलो भूमिका खेल्छ ।

चलचित्र निर्माणका बिभिन्न पाटाहरु जस्तै निर्देशक, कथा, गीत, संगीत छायाँकन, भिजुअल इफेक्ट जस्तै आज नेपाली चलचित्रमा चलचित्र सम्पादनको पनि ठुलो भूमिका भएको पाइन्छ । चलचित्र सम्पादन आजको चलचित्र दुनियाँमा एक अति नै महत्वपुर्ण भाग भएको छ । आज नेपाली चलचित्रमा यस्तै किसिमको काम गर्ने प्रविधिकहरुको ठुलो माग छ । नेपाली चलचित्र जगतमा अहिले को चलचित्र सम्पादकको छन भनेर प्रश्न गर्दा उत्तर भने शाहिल खान हुन । शाहिल खान अहिलेका सबैभन्दा महङ्गा र उत्कृस्ट चलचित्र सम्पादक हुन । यसरि जहिले पनि नयाँ नयाँ तरिका प्रयोग गरेर उनले नेपाली चलचित्र उधोगको चलचित्र सम्पादनको पाटोमा ठुलो योगदान पुराएका छन । उनको काम प्रतिको इमान्दारिता तथा उत्कृष्ट कार्यको कारण उनले विभिन्न राष्ट्रियस्तरका जस्तै बक्स अफिस अवार्ड, एल जी फिल्मस अवार्ड प्राप्त गरेका छन ।
२००६ मा सिनेमा जगतमा पाईला राखेका शाहिलले थुप्रै सिनेमाहरु मा आफ्नो जादु देखाई सकेका छन ।

सटिक काम र आफ्नो भिन्न प्रबिधी का कारण ले गर्दा उनि निर्माता र निर्देशक को पहिलो रोजाई मा पर्ने गरेका छन । नेपालका टप तथा नीकै ब्यस्त सम्पादक हुन् शाहिल खान । थुप्रै हिट फिल्ममा काम गरि सकेका साहिल का केहि फिल्म को नाम लिनु पर्दा रोमियो ,मेला ,पूनर्जन्म, होलिडे, उल्झन , पटुकी , आरोपे , सकुन्तला आबेग ,च्याम्पीयन , बाटो मुनि को फुल, फसेबूक, बर्दी , पोखरा कि काली, हालसालै उनि‘ लब डायरिज ’ ‘ भिलेन ’ ‘ होलिडे ’ ‘ छिरिङ्ग ’ लगायत धेरै चलचित्र सम्पादनमा ब्यस्त छन । उनको काम, नयाँ प्रयोग तथा नौलो परिकल्पना आदिले आज आएका नयाँ चलचित्र सम्पादनकहरुले अनुशरण गर्दै आएका छन । यसरि उनको ज्ञान, शीप तथा परिश्रमले उनी नेपाली चलचित्र क्षेत्रमा विशेष स्थानमा रहेका छन । त्यस्तो कलालाई नेपाली चलचित्रमा अव्वल ढङ्गमा कार्य गर्ने शाहिल खानले नेपाली चलचित्र जगतको चलचित्र सम्पादन आर्टमा ठुला योगदान पुराएका छन ।