भक्तपुर – सार्वजनिक यातायातका साधनमा हुने यौ-न दु..र्व्यवहार रोक्न प्रहरीले नयाँ अभियान सुरु गरेको छ। अभियानको नाम ‘सेफ्टीपिन’ दिइएको छ। प्रहरीको अनुगमनमा सार्वजनिक यातायातका साधनमा यौ-न दुर्व्य-वहार हुँदा महिलाले सुरक्षाका लागि सेफ्टीपिनले घोचेर पुरुषलाई भगाउने गरेको देखियो। यही आधारमा अभियानको नाम ‘सेफ्टीपिन’ राखिएको हो। यौ,न दुर्व्य,वहारमा संलग्नलाई पक्रा,उका लागि सार्वजनिक यातायातका साधनमा सादा पोसाकका प्रहरी खटिएका हुनेछन।
प्रहरीको तथ्यांकअनुसार हरेक वर्ष महिला तथा बालबालिकामाथि हुने अ-पराधको संख्या बढ्दो छ। महिलामाथि हुने हिं-सा रोक्न एक सार्वजनिक गाडीमा एक महिला प्रहरीसहित तीन जना प्रहरी परिचालन गरिने छ । साथै प्रहरीको भ्यान पनि तयारी अवस्थामा राख्ने र कसैले महिला हिं-सा गरे तुरुन्त प्रहरी भ्यानमा हाली प्रहरी कार्यालयल ल्याएर कानूनी कारबाही गरिने प्रहरीले जनाएको छ ।