राष्ट्रिय उपाध्यक्ष पदमा गोबिन्दको उम्मेद्वारी पक्का

प्रकाशित मिति:

बुटवल – भलवारी जेसीजका निवर्तमान अध्यक्ष जेसी गोविन्द पङेनीले नेपाल जेसिज वर्ष २०२० को लागि उपाध्यक्ष पदको उम्मेदवारी दिनु भएको छ । २०७६ पुस ९ देखि १२ सम्म चितवनको रत्ननगरमा रत्ननगर जेसिजको आतिथ्यतामा हुने नेपाल जेसीजको ४६ औं राष्ट्रिय महाधिवेशनका लागि भलवारी जेसीजका तर्फबाट राष्ट्रिय उपाध्यक्ष पदमा पङेनीले उम्मेदवारी दिनु भएको हो ।

पेशाले ईन्जिनियर पङेनी जेसीज अभियानमा विगत १३ वर्ष देखि सक्रिय रहदै आउनु भएको छ । वहाँले २०१८ मा भलवारी जेसिजको शाखा अध्यक्ष भए पछि शाखालाई परिचित मात्र होईन लोकप्रिय बनाउन महत्वपुर्ण भूमिका खेल्नु भएको थियो । पङेनीले तिलोत्तमामा पहिलो पटक शेयर मार्केट तालिम, कर तथा उद्धमशिलता तालिम लगायत दर्जनौं तालिम संचालन गर्दै शाखालाई हरेक कोण बाट माथी उठाउन मद्धत गर्नुभयो । वहाँले आफ्नो कार्यकालमा नयाँ शाखाको लागि मातृत्व प्रदान गर्दै जेसिज अभियानलाई विस्तार गर्न महत्त्वपूर्ण भुमिका खेल्नुभएको थियो । नेपाल जेसिजले आव्हान गरेको ऐतिहासिक बिशेष साधारणसभाको आथित्यता गरि टुंगोमा पुर्याउन वहाँले विशेष भुमिका खेल्नुभएको थियो । पङेनीले भलवारी जेसिजको आथित्यतामा सम्पन्न हुने ४७औं राष्ट्रिय महाधिवेशनको सफल बिडिङ गर्नुभयो ।

जेसीजसँगै दर्जनौं अन्य सामाजिक संघसंस्थामा आवद्ध पङेनीको कुनै काम आटे पछी पूरा गरेरै छाड्ने प्रवृति छ । आफ्नो साथमा हिड्ने साथीहरूको लागि तनमनले सहयोग गर्ने बानी भएका पङेनी मिहिनेती, निर्भीक र काम प्रती बफादार हुनुहुन्छ । सन् २०२०को लागि नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका पङेनीले जेसिजको मुल मर्म र भावनालाई विस्तार गर्ने, स्थानीय, प्रदेश एवम संघीय सरकारका विभिन्न कार्यक्रममा सहकार्य गर्न पहल गर्ने, पर्यटन वर्ष सन २०२०लाई सफल पार्न प्रयास गर्दै जेसिआई अभियानलाई देशका कुनाकाप्चामा परिचित गर्ने कार्ययोजना बनाउनु भएको छ ।

थप समाचार