समाधान भएन नागरिकता समस्या

२६ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


सीता शर्मा/काठमाडौँ – कास्की स्थायी घर बताउने ३० वर्षीय सुरज (हजारे) दाहाल नागरिकताविहीन हुनुहुन्छ तर उहाँकी आमाको भने वंशजकै नागरिकता छ । उहाँले लेख्ने नामको थरमा दाहाल नेपाली आमाको र हजारे भारतीय बाबुको हो । नेपालमै नेपाली आमाबाट जन्मिए पनि बाबु भारतीय नागरिक भएका कारण दाहालले अहिलेसम्म नागरिकता प्राप्त गर्न सक्नु भएको छैन । संंविधानमा भएको व्यवस्थाअनुसार दाहालले जन्मस्थानका आधारमा र आमाको नामबाट नागरिकता पाउने व्यवस्था छ तर संविधानमा भएको यो व्यवस्था दाहाल जस्ताले व्यवहारमा भोग्न पाउनुभएको छैन । नागरिकताका लागि आमा र आमाको नागरिकतासहित धेरै ठाउँमा धेरै जनालाई गुर्हान पुग्नुभो उहाँ र अहिले पनि नागरिकताकै लडाइँमा हुनुहुन्छ ।

उहाँ त एउटा प्रतिनिधि पात्र मात्रै हो तर उहाँजस्तै धेरै नागरिक जसले अहिले नागरिकताकै लागि लडाई लड्नु परेको छ । कति आमाले आफ्नो सन्तानलाई नागरिकता दिन नसकेर उनीहरू शिक्षा, जागिरलगायतका राज्यबाट पाउने आधारभूत अधिकारबाट समेत बञ्चित भएको अवस्था छ । संघीय संसद एवम्् राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य डा. विन्दा पाण्डेले संविधानको नागरिकतासम्बन्धी धारा ११–५ मा गरिएको प्रतिवन्धात्मक व्यवस्थाले गर्दा जो नेपालमै र नेपाली आमाबाट जन्मिएका दाहाल जस्ता धेरै व्यक्ति अहिले नागरिकता विहीन भएको बताउनुभयो । उहाँले नेपाली आमाले नेपालमा नै जन्मिएका सन्तानको सहज रूपमा बाबुको पहिचान प्रस्तुत गर्न नसक्दा आमाले समाज र राज्यबाट अपमानपूर्ण व्यवहार खेप्न र सन्तान राज्यविहीन अवस्थामा रहेकाको समस्याको समाधान गर्न नागरिकता ऐन सशोेधनको विधयेक राज्य व्यवस्था समितिमै रहेको जानकारी दिनुभयो ।

डा. पाण्डेले भन्नुभयो ‘यसलाई संशोधन गर्न बनेको विधयेकमा विदेशी बुहारी र ज्वाईलाई नागरिकता दिने प्रावधान एकै खालको राखौ भनेर प्रस्ताव गरिएको थियौँ, त्यसमा विवाद हुँदा त्यो विधयेक अगाडि बढ्न सकेको छैन । ’ संघीय संसद कृष्णभक्त पोखरेलले आमाको नामबाट नागरिकता दिनका लागि कानूनमा भन्दा पनि नागरिकता दिने व्यक्तिको नियत सफा नहुँदा समस्या भएको बताउनुभयो । उहाँले नागरिकतासम्बन्धी संशोधनका मस्यौदामा अगाडि नबढनुको कारण सुनाउँदै भन्नुभयो, ‘‘विदेशी ज्वाई र बुहारीलाई नागरिकता दिने मापदण्ड एउटै बनाउँभन्दा विवाद भएर रोकिएको छ, संविधानमा विदेभ गर्न पाइदैन भन्ने अनि नागरिकता दिर्दा विभेद गर्ने पनि हुन्छ र । ’’

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शान्ति नमुनामा अभिभावक भेला
  • दाङ्ग जिल्लामा पहिलो पटक जुरे हुटिट्याँउ पानी चरा अभिलेख
  • भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको निधन
  • प्रचण्डको गर्जन : ओलीको सेटिङ भत्काएर जनताको सेटिङ खडा हुन्छ
  • स्व. गणेशमान सैंजु बुटवल जेसिज उत्कृष्ट पत्रकारीता पुस्कार पत्रकार केसीलाई
  • पठाओ नेपाल द्वारा ग्राहकहरु र राईडरहरुलाई बीमा प्रदान गर्न साझेदारी…
  • बिप्लव समूहद्धारा भोली नेपाल बन्दको आब्हान
  • ओलीले साइबर स्यालमार्फत जतासुकै हमला गरेका छन् : भुषाल
  • देशमा फेरि तेश्रो जनआन्दोलनको आवश्यकता छ : भट्टराई
  • कोरोनाविरुद्धको खोप माघ १४ देखि लगाउन सुरु गर्ने सरकारको तयारी